रामेछापको सुनारपानी भदौरे डाँडामा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, २ गम्भीरसहित ५ जना घाइते

| असोज ६, २०८१ आइतबार

तस्बिर स्रोत नवीन कार्की ।
A A A
A A A

६ असोज,रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली–१ बाट सालु ४ नम्बर जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य दुई गम्भीरसहित पाँच जना घाइते भएका छन् । केही सामान्य घाइते छन् । 

 

आइतबार दिउँसो करिब २ बजेको समयमा मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको भदौरे डाँडा भन्ने स्थानमा बा १८ च १८३९ नम्बरको बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृतकसहित बोलेरोमा सवार यात्रुहरूको परिचय खुल्न बाँकी छ ।

 

घाइतेहरूको उद्धार गरी मन्थली अस्पताल मन्थलीमा उपचार भइरहेको सुनारपानीका वडा अध्यक्ष रविन कार्की (नवीन) ले रामेछाप टाइम्सलाई बताए । बोलेरो के कारणले पल्टिए लगायतको थप जानकारी आउन बाँकी छ ।