रामेछापको सुनारपानीमा भएको बोलेरो दुर्घटनामा सालुकी वडा सदस्यको ज्यान गयो, दुई घाइतेलाई काठमाडौँ ‘रेफर’

| असोज ६, २०८१ आइतबार

A A A
A A A

६ असोज, रामेछाप । आइतबार दिउसो रामेछापको सुनारपानी भदौरे डाँडामा भएको बोलेरो दुर्घटनामा परि वडा सदस्यको ज्यान गएको छ । उनको मृत्यु भएको मन्थली अस्पतालले पुष्टि गरेको हो ।  

 

ज्यान गुमाउनेमा मन्थली नगरपालिका वडा नं ४ सालुकी अन्दाजी ६० वर्षीय दलित महिला सदस्य पदम माया नेपाली रहेको सालुका वडा अध्यक्ष राजन घिमिरेले रामेछाप टाइम्सलाई बताए । ‘अस्पतालले पुष्टि गरी सक्यो । उहाँको घटनास्थल मै ज्यान गएको थियो’ वडा अध्यक्ष घिमिरेले रामेछाप टाइम्ससंग भने । 

 

नेपाली नेपाली काँग्रेसको तर्फबाट २०७९ मा भएको निर्वाचनमा निर्वाचित भएकी थिइन् । मृतक नेपालीको शव अहिले मन्थली अस्पतालमा रहेको वडा अध्यक्ष घिमिरेले बताए । 

 

त्यस्तै दुर्घटनामा गम्भीर घाइते अन्य दुई जनालाई काठमाडौँ पठाइएको छ । मन्थली अस्पतालको एम्बुलेन्स मार्फत ‍४२ वर्षीय बोलेरो चालक गुण कुमार थापा मगर र ६९ वर्षीय दिलीप कुमार बरुवाललाई काठमाडौँ तर्फ पठाइएको वडा अध्यक्ष घिमिरेले जानकारी दिए । 

 

दुर्घटनामा मन्थली ४ की ५ महिने नाबालिका,  ३४ वर्षीय सिता नेपाली, २५ वर्षीय जिता रसाइली, २५ वर्षीय सरिता नेपाली घाइते भएका छन् ।  उनीहरूको मन्थली अस्पतालमै उपचार भइरहेको वडा नं ५ सुनारपानीका वडा अध्यक्ष नवीन कार्की (रविन) ले जानकारी दिए । 

 

आज दिउँसो मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो ।