‘आइ सि लिड्स आइकन’ मा भोट गरेर जिताउन उपप्रमुख कार्कीको आग्रह (भिडिओसहित)

| असोज ९, २०८१ बुधबार

A A A
A A A

९ असोज, रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्की (थापा) ले आफूलाई ‘आइ सि लिड्स आइकन’  (। SHE LEADES ICON) मा भोट गरेर जिताइदिन आग्रह गरेकी छिन् । उनी बागमती प्रदेशका १३ जिल्लाका निर्वाचित महिला प्रमुख, उपप्रमुखसहित देशभरका ७५३ पालिका अन्तर्गत महिला जनप्रतिनिधिहरू मध्ये टप २७ मा छनोटमा परेपछि भोटिङ मार्फत विजेता गराइदिन आग्रह गरेकी हुन् । 

 

मंगलबार मन्थलीमा पत्रकार भेटघाट गर्दै उपप्रमुख एवं नेतृ थापाले अब ‘टप ३’ मा पुग्नको लागि भोटिङ आवश्यक परेकाले सबैले भोट गरिदिन आग्रह गरेकी हुन् । 

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाहरूको विभिन्न निकायमा कार्य गर्दै आएको ‘आइ सि लिड्स आइकन’ मा विजेता भए ख्याति प्राप्त सम्मान प्राप्त हुने हुँदा उक्त सम्मान जिल्लाकै लागि महत्त्वपूर्ण हुने उनको भनाई छ 

 

भोट गर्नको लागि E-sewa खोल्नुहोस् travel and ticketing मा गएर voting मा click गर्नुहोस्, she ladies icon मा click गर्नुहोस् त्यसपछि vote now मा click गर्नुहोस्, view nominee मा click गर्नुहोस्, त्यसपछि 14 नम्बरमा बालकुमारी कार्की (थापा) लाई भोट गर्नुहोस् । जति पनि भोट गर्न सकिनेछ ।