‘अनेरास्ववियु’ रामेछापको आयोजनामा मन्थलीमा अण्डर-१५ ‘प्रथम अखिल कप’ हुँदै, कति टिमले गर्दै छन् प्रतिस्पर्धा ?

| असोज ११, २०८१ शुक्रबार

सांकेतिक तस्बिर
A A A
A A A

११ असोज, रामेछाप । नेकपा (एमाले) निकट विद्यार्थी संगठन (अनेरास्ववियु) रामेछापको आयोजनामा मन्थलीमा ‘प्रथम अखिल कप फुटबल’ प्रतियोगिता हुने भएको छ । खेल यही असोजको १७ र १८ गते हुनेछ ।  

 

अण्डर–१५ अर्थात् १५ वर्ष मुनीका किशोरहरूको सहभागितामा फुटबल प्रतियोगिता हुन लागेको हो । मन्थली माविको खेल मैदानमा खुल्ला प्रतिस्पर्धा गर्ने उद्देश्यले विभिन्न जिल्लाका–१५ वर्ष मुनीका फुटबल प्रतिस्पर्धा हुन लागेको अनेरास्ववियु रामेछापले जनाएको हो । 

 

हाल सम्म छिमेकी जिल्ला दोलखाको किर्ने, सिन्धुलीको खुर्कोटसहित काठमाडौँ लगायतका जिल्लाका १२ देखि १४ टिम्म सम्म प्रतिस्पर्धाको लागि सम्पर्कमा आइसकेका अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले रामेछाप टाइम्सलाई बताए । ‘१२/१४ टिम सम्पर्कमा आएका छन् । हाम्रो तयारी अन्तिम चरणमा पुग्यो ।’

 

विजेताले नगद २० र उपविजेताले नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र घोषणा गरिएको प्रतियोगितामा उत्कृष्ट चारलाई नगद १–१ हजारसहित ट्रफिले पुरस्कृत गर्ने अध्यक्ष भट्टराईको भनाई छ ।  

 

अनेरास्ववियु रामेछापको खेलकुद विभागको व्यवस्थापनमा हुने दुई दिने प्रतियोगिता उद्घाटन सत्रमा संगठनका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती सहभागी हुँदै छन् । किशोरहरूलाई फुटबल खेल प्रति प्रोत्साहित गर्दै प्रतिस्पर्धामा उतार्नको लागि खेल आयोजना गरिएको बुझिएको छ । कार्यक्रम बारे थप जानकारी गराउन आउँदो १६ गते पत्रकार सम्मेलन मार्फत थप जानकारी सार्वजनिक गरिने आयोजकको भनाई छ ।