उमाकुण्डले ओझेलमा परेको लाखौँ-करडौं भक्तजनको आस्थाको केन्द्र ‘उमातिर्थ’

| असोज ११, २०८१ शुक्रबार

उमातिर्थ मन्दिर, तस्बिर फाइल
A A A
A A A

११ असोज, रामेछाप । उमातिर्थि रामेछापको उत्तरी गुम्देल साविक वडा नं १ लाछेवरको टाङ्दिन नजिकै अवस्थित कुण्ड नै कुण्डै भएको ‍(हाल सम्म पहिचान गरिएका र पहिचान् हुनै नसकेका धेरै पोखरीहरू) भएको ठाउँ । नुम्बरु हिमालको फेदी (काख) को सुन्दर अनि रमणीय मनै शान्त, आनन्दित र मनोरम दृश्यको भण्डार भएको स्थान हो भन्दा फरक पर्दैन । किनकि हाल सम्म जसले त्यहाँको यात्रा गरेका छन्, दर्शनमा पुगेका छन् । उनीहरू सबैको एउटै आवाज सुनिन्छ साँचै रमणीय र आनन्दित छ । लिखु नदीको उद्गम स्थल । सो क्षेत्रमा दर्जनौँ पोखरीहरू । विभिन्न बौद्ध, गुम्बा, गुफा, छाँगा–छहरा, जडिबुट्टिहरुको भण्डार, बाघ, भालु, घोराल, मृत, लोपोन्मुख रेडपाण्डा जस्ता दर्जनौँ जंगली जनवारहरूको वासस्थान, शेर्पा जातिको पहिचान र जोप्के, चौरी, भेडा बाख्राहरूको बथान पछिल्लो समय बिस्तार घट्दै छन् ।  यसको प्रमुख कारण हो गाउँका युवाहरू रोजगारीको सिलसिलामा सहर पस्नु र बिदेसिनू । 

 

यद्यपि यी सबै एकै ठाउँको यात्रामा देख्न, महसुस र आनन्दित गर्न सकिने ठाउँ उमातिर्थ हो । अर्थात् उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार हुँदै १ नम्बर गुम्देल हो । उमातिर्थि हिन्दु धर्मावलम्बीहरूको शुद्ध र सङ्गम स्थल । ‘काँसी गएजी’ भन्दा पनि तीर्थ र धार्मिकस्थल । विभिन्न जिल्लाबाट सयौँको संख्यामा बर्सौँ रोकिएको तिथि अर्थात् श्राद्ध सोह्र श्राद्धको बेलामा उमातिर्थ गएर त्यहाँ श्राद्ध गरेपछि फुकुवा हुने जनविश्वास मात्रै हैन पितृले स्वयम पाउँछन् भन्ने धार्मिक आस्थाको केन्द्र हो ।

 

पछिल्लो समय उमातिर्थि सहित दूधकूण्ड, पाँचपोखरी, जट्टा पोखरी, भूत पोखरी, दूध पोखरी, भालु पोखरी जस्ता एक दर्जन पोखरीहरू भएकै कारण कुण्डै–कुण्डको ठाउँबाट उमाकुण्ड गाउँपालिका नाम नामङ्कनण गरी पालिकाको नाम समेत उमाकुण्ड गाउँपालिका राखियो । तर, त्यही उमातिर्थि अहिले साँच्चै रोही रहेको हो । हामीले सो ठाउँको प्रचारप्रसार र उचित संरक्षण र संवर्द्धन गर्न नसक्दा लिखु नदीको उद्गम स्थलमा लुकेर बस्न बाहेक उमातिर्थिले केही गर्न सकेको छैन । सोही मन्दिर आसपास अरबौँका आयोजनाले ठू–ठुला योजनाहरू बन्दै गर्दा लाखौँ भक्तहरूको आस्थाको केन्द्र मन्दिर भने पालिकाको धेर थोर लागतमा बर्सौँ देखि पूर्ण हुन सकेको छैन । 

 

उमातिर्थ मन्दिर नजिकै पछिल्लो समय बनेको जलविद्युत आयोजनाका कामदारहरु बस्ने टहराहरु,तस्बिर फाइल 

 

निर्माणाधीन जलविद्युत आयोजनाहरूको कारण ती ऐतिहासिक क्षेत्रहरू बिग्रिने, भत्कने र मासिँदै अझ भनौँ लोपोन्मुख अवस्थामा पुग्न लागेको छ । त्यो ठाउँमा अवस्थित शेर्पा समुदायहरूले बौद्ध धर्ममा आस्था हुँदा पनि त्यस धार्मिक स्थलको विकास र संरक्षणमा पक्कै प्रभाव परेको हो । करडौं करडौंका यी निर्माणाधीन जल विद्युत् आयोजनाहरू कै कारण त्यो क्षेत्र आधुनिकता तर्फ मोडिँदै गएका छन् । स्थानीय सरकारसहित सबैले त्यो महत्त्वपूर्ण क्षेत्रको संरक्षण सम्वर्द्ध र प्रचारप्रसार गर्न उति सारो चासो पटकै दिएको देखिँदैन ।

 


नुम्बुर हिमालको फेदिमा अवस्थित दूधकुण्ड पोखरी, तस्बिर जीवन घताने/ रामेछाप टाइम्स 

 

स्थानीयहरु विकासको विरोधी पनि हुन चाहँदैनन् । तर, मासिँदै गएको त्यो ठाउँको अस्तित्व प्रति भने सबै जानकार छन् । तर, देखे–नदेखे, सुने–नसुने गर्न बाहेक कसैले केही गर्न सकेका छैनन् । निर्माणाधीन उमातिर्थि मन्दिरको अवस्थाले यसलाई पुष्टि गर्छ । गाउँपालिकाले विकास निर्माण र पूर्वाधारसहितका अन्य क्षेत्रलाई पुर्‍याएर छुटाएको बजेटले त्यो तिर्थिस्थलको सोचेको गतिविमा काम हुन नसक्नु स्वाभाविक हो । तर, गाउँपालिकाले त्यहाँको संरक्षण र संवर्धनमा काम भइरहेको दाबी गर्दै आएको छ । 

 

यो पालिका भित्र रहेका कुण्ड र तिर्थिहरुबाटै पालिकाको पहिचान एवं नामाङ्कन गरिए पनि पछिल्लो समय सरोकारवाला र स्थानीहरूको ती क्षेत्रको दीर्घकालीन व्यवस्थापनमा ध्यान नजाँदा साँचै उमातिर्थको पहिचान उमाकुण्ड गाउँपालिका भन्दा माथि उठ्न सकेको छैन । कारण हामी सबैले त्यसको सही व्यवस्थापन, प्रचारप्रसार र संरक्षण गर्न नसक्नु नै हो । आन्तरिक धार्मिक पर्यटकहरूलाई मात्रै पनि पालिका भित्र रहेको उक्त तिर्थिस्थलबारे भँजाउन नसकेकै कारण न ती स्थानहरू यति बेला बेकाम बन्न पुगेका छन् ।