तामाकोशीले विद्युतका पोल बगाउँदा रामेछाप तीन दिन देखि अन्धकार, कहिले देखि बल्छ बत्ती ?

| असोज १४, २०८१ सोमबार

सांकेतिक तस्बिर
A A A
A A A

असोज, रामेछाप । शनिवार गएको भीषण बाढीले ठाउँ–ठाउँमा विद्युतका पोलहरू बगाउँदा जिल्ला सदरमुकाम मन्थलीसहित रामेछाप विभिन्न बस्तीहरू अन्धकार बनेका छन् । तामाकोशीमा आएको भीषण बाढीले सडक छेउमा गाडिएका पोलहरू बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण रामेछापले बताएको छ । 

 

बाढीले कति पोल बगायो । कहाँ कहाँ क्षति पुगेकै यकिन गर्न गाह्रो हुने गरी पोल लगेकाले हामीलाई असर पुगेको छ । यद्दयपी सोमबार साँझ सम्म बाल्न सकिन्छ कि भनेर हामी लागेका छौँ प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख दीपेन्द्र बुढाथोकीले रामेछाप टाइम्ससंग भने । 

 

विद्युत् नहुँदा जिल्लाका सबै सञ्चार माद्यमहरु, पत्रपत्रिका, रेडियो अनलाइन सेवा बन्द हुन पुगेका छन् । भने, टेलिफोनको चार्ज सकिँदा टेलिफोन सेवा समेत अवरोध भइरहेको छ । साथै, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैर सरकारी कार्यालयका सेवाहरू ठप्प छन् । बत्ति नहुँदा मन्थली सहित आसपासमा खानेपानीको समेत हाराकार हुने स्थितिमा पुगेको छ ।

 

जिल्लावासीहरू मैनबत्तीको सारामा रात बिताउन बाध्य भएका छन् । दोलखाको किर्ने सब स्टेशन सम्म विद्युत् सेवा प्रवाह भइरहे पनि किर्ने क्षेत्रमा अधिकांश पोल तामाकोशीले बगाउँदा समस्या निम्तिएको प्राविधकरणको भनाई छ । गर्जाङ सवस्टेनबाट प्रवाह हुने विद्युत् सेवा भने आइतबार देखि सुचारु गरिएको छ ।