अनेरास्ववियु रामेछापले गर्न लागेको प्रथम अखिल कप तत्कालको लागि स्थगित, अब कहिले हुन्छ ?

| असोज १५, २०८१ मंगलबार

अनेरास्ववियुका नेताहरु । तस्बिर सामाजिक संजाल
A A A
A A A

१५ असोज, रामेछाप । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) रामेछापले आयोजना गरेको ‘प्रथम अखिल कप २०८१’ तत्कालको लागि स्थगित गरेको छ । प्रतियोगिता आयोजकले पछिल्लो पटक तोकेको मितिमा भए १९ दिनपछि सरेको हो ।

 

देशमा विषम परिस्थिति आएको भन्दै अनेरास्ववियु रामेछापले अन्डर–१५ खुल्ला फुटबल प्रतियोगिता यही असोज १७ र १८ बाट सम्भव भए आगामी कार्तिक ८, ९ र १० सम्मको लागि सारेको जनाएको हो । 

 

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्वियु रामेछापले भनेको छ – यही ११ र १२ गते आएको अविरल वर्षाका कारण देशका विभिन्न स्थान तथा नदी तटीय क्षेत्रहरूमा भएको अस्वाभाविक र अपूरणीय क्षतिका कारण जिल्लाको अन्तर जिल्ला सम्बन्ध समेत टुटेको र जनधनको क्षतिबाट देश संकटमा गुज्रिरहेको छ ।’ सरकारले ३ दिन राष्ट्रिय शोक घोषणा गरेको स्मरण गराउँदै उसले थप प्रस्ट पारेको छ, ‘हाललाई प्रतियोगिता स्थगित गरिएको छ’ । 

 

अनेरास्ववियु रामेछापले देशभर गएको बाढी पहिरोको क्षति प्रति दुख व्यक्त गर्दै खेलाडीहरूले समेत ज्यान गुमाएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, बाढी तथा पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन माग समेत गरेको छ । किशोरहरूलाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले अनेरास्ववियु रामेछापले दुई दिने खुल्ला फुटबल प्रतियोगिता अन्तिम तयारीमा पुर्‍याएको थियो । 

 

खेल मन्थली माविको खेलमैदानमा गर्ने गरी टिमहरू समेत धमाधम सम्पर्कमा आएको आयोजकले जनाएको थियो । 

 

हेर्नुहोस् प्रेस विज्ञाप्ति ।