भोलि घटस्थापनाको दिन नेपाली काँग्रेस रामेछापले दशैंको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

| असोज १६, २०८१ बुधबार

विपि स्मृति भवन मन्थली, फाइल फाेटाे ।
A A A
A A A

१६ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापले यही असोज १७ गते अर्थात् भोलि घटस्थापनाको विशेष दिन दशैंको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । 

 

कार्यवाहक सभापति लेखबहादुर कार्कीले गत असोज ९ गते नै एक पत्र जारी गर्दै नेपालीहरूको महान् चाडहरू बडा दशै, तिहार, छठ र ल्होसार जस्ता पर्वको अवसरमा १७ गते पार्टी कार्यालय बिपी स्मृति भवन मन्थली भैशेश्वरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका छन् । 

 

पार्टीका सबै तहका नेता कार्यकर्तालाई उपस्थितिको लागि निमन्त्रणा गरिएको सो कार्यक्रमको तयारी भइरहेको बुझिएको छ । कार्यक्रम दिउँसो १ बजे देखि सुरु गरिने पत्रमा उल्लेख छ । 

 

बिहीबार देखि नेपालीहरूको महान् चाड दशैं विधिवत् रूपमा सुरु हुँदै छ । भोलि सबैको घर-घरमा जमरा राखेर दशैंलाई भित्र्याइदैछ ।