रामेछाप उद्योग वाणिज्य संघले भन्यो– ‘जिल्ला भित्रिने मालवाहकसहित सबै सवारी साधनलाई सहज रूपमा प्रवेश दिनू’

| असोज १६, २०८१ बुधबार

A A A
A A A

१६ असोज, रामेछाप । विभिन्न बहानामा वैकल्पिक सडकहरू प्रयोग गरेर जिल्ला भित्रिने मालवाहक सहित बसै सवारी साधनलाई प्रहरी प्रशासनले अवरोध गरेको भन्दै सहजिकरण गरिदिन रामेछाप उद्योग वाणिज्य संघले आग्रह गरेको छ । 

 

मंगलबार सामाजिक संजाल मार्फत लेख्दै संघले जिल्ला प्रशासन कार्यालय रामेछापसहित सुरक्षा निकाय, राजनीतिक दल, ‘माननीयज्यूहरू’, सिन्धुली उद्योग वाणिज्य संघ, संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ समेतलाई ‘विशेष’ पहल गरिदिन आग्रह गरेको हो ।

 

रामेछापमा खाद्यान्न, दाना लगायतका अति आवश्यक मालवाहक ढुवानीका साधानहरु ट्रक सहज रूपमा सिन्धुली–खुर्कोट–खाल्टे–मुलकोट हुँदै सित्खा देखि मन्थलीसम्म भित्रिने वातावरण सहजिकरण गरिदिन संघले आग्रह गरेको हो ।

 

रामेछापमा खाद्यन्न ढुवानी गर्ने व्यवसायीहरुले सामाग्री ढुवानीमा समस्या भएको गुनासो गर्दै आएका छन् ।