मेलुङ्को ज्यामिरेमा अवरुद्ध मन्थली–खिम्ती–तामाकोशी–चरिकोट सडक पाँच घण्टापछि खुल्यो (भिडिओसहित)

| असोज १९, २०८१ शनिबार

A A A
A A A

१९ असोज, रामेछाप । आज बिहान देखि अवरुद्ध खिम्ती–तामाकोशी–मन्थली सडक सुचारु भएको छ । तीन घण्टा लगाएर मर्मत गरेपछि ५ घण्टापछि सडक संचालनमा आएको हो । आज बिहान तामाकोशी नदी छेउमा सडक भासिएर दोलखाको मेलुङ् गाउँपालिकाको ज्यामिरे भन्ने ठाउँमा भत्किँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । 

 

मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरको विशेष पहल र  सडक डिभिजन दोलखाको प्राविधिक सहितको सक्रियतामा जेसिबि खटाएर सडक मर्मत एवं पुनः निर्माण गरिएपछि केही बेर अगाडि देखि दुई तर्फ रूपमा खुलेको अरनिको यातायात व्यवसायी सुवास फुयाँलले जानकारी दिए ।

 

सडक अवरुद्ध भएपछि दुई तर्फी नै रोकिएका गाडी गन्तव्य तर्फ लागेका छन् । मन्थली–खुर्कोट पुल सुनकोशीले बगाएपछि वैकल्पिक सडकको रूपमा तामाकोशी–चरिकोट–खिम्ती–मन्थली सडक संचालनमा छ । 

 

यो सडक भएर मालवाहक देखि यात्रु वाहक सबै सवारी चलिरहेका छन् । किर्नेमा तामाकोशीले कटान गरेको सडकलाई नयाँ ट्र्याक सहित सुचारु गरेपछि नियमित संचालनमा आएको हो ।