दोलखाबाट सामान लिएर आएको ट्रक मन्थली करम्बोटमा पल्टियो

| असोज २०, २०८१ आइतबार

A A A
A A A

२० असोज, रामेछाप । रामेछापको मन्थली नगरपालिका करमबोट नजिकै दोलखाबाट सामान लिएर आएको मालवाहक ट्रक पल्टिएको छ । 

 

गए राति दोलखाबाट सामान लिएर मन्थली तर्फ आउँदै गरेको बा ३ ख ७९८९ नम्बरको मालवाहक ट्रक सडकबाट तामाकोशी नदी किनारामा खसेको छ । दुर्घटनामा ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । 

 

 

‘राति दुर्घटना भएको रहेछ । ट्रकमा कोही देखिएको छैन् । गाडी धनीसँग बुझ्दा दोलखाबाट आएको बुझिएको छ ।’ प्रहरी प्रवक्ता न्यौपानेले रामेछाप टाइम्ससंग भने । 

 

दुर्घटना स्थलमा बिहानै सशस्त्र प्रहरी र स्थानीयहरू सहितको उपस्थिति भइसकेको थियो । यद्यपि ट्रकमा कति जना थिए भन्ने यकिन भने हुन सकेको छैन ।