अपडेट: सिन्धुली अमारे जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना,एक किशोरीको मृत्यु,गर्भवती महिला र बालिकाहरूसहित १२ जना घाइते (नामावलीसहित)

| असोज २२, २०८१ मंगलबार

फाइल फाेटाे
A A A
A A A

२२ असोज, रामेछाप । आज मंगलबार साँझ ७ बजे खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, १२ जना घाइते भएका छन् । 

 

मृत्यु हुनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा ६ खहरेखोला बस्ने काजीमान श्रेष्ठको १७ वर्षीय छोरी युनिसा श्रेष्ठ रहेकी छन् । उनको अस्पताल तर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

प्रहरी चौकी सित्खाका अनुसार मन्थली–सित्खा–सडक खण्डमा काठमाण्डौबाट सिन्धुलीको अमारे तर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस अचानक ब्रेक फेल भई दुर्घटना हुँदा बसमा सवार ३५ मध्य १२ जना घाइते भएका हुन् । 

 

घाइते मध्ये १३ जनालाई तत्काल प्रहरी टोलीसहितले उद्दार गरी सिन्धुली तर्फ लगिएको छ । 

 

दुर्घटनामा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ०६ अमारे बस्ने वर्ष २८ की सोभा थापा, वडा नं ५ बस्ने वर्ष २० की मनीषा रम्तेल, ५ कै १९ की आयुस्मा श्रेष्ठ, वडा नं ३ की २६ वर्षीय गर्भवती सरिता चौलागाई, वडा नं ४ बस्ने १७ वर्षीय सविता न्यौपाने, सोही ठाउँ बस्ने २७ वर्षीय इन्दिरा रिमाल घाइते भएका छन् । 

 

त्यस्तै वडा नं ४ कै १७ वर्षीय सावित्री न्यौपाने, १९ वर्षीय उमा न्यौपाने, १३ की आकृति बयलकोटी, २० वर्षीय मनिसा रम्तेल, ४ कै ७ वर्षीय प्रीति रिमाल र ३२ वर्षीय मनिकला ढकाल घाइते भएका छन् । भिरपानीबाट गुन्द्री खोला झर्दै गर्दा बस अनियन्त्रित भ (ब्रेक फेलको अनुमान) दुर्घटना हुँदा सुनकोसी उनीहरू घाइते भएका हुन् । 

 

चाड पर्व मनाउन गाउँ जाँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । बिपी राजमार्ग असोज ११ र १२ गतेको भीषण बाढीले बगाएपछि वैकल्पिक सडकको रूपमा सुरु गरिएको मन्थली–सित्खा सडकमा दुर्घटना बढेको छ । 

 

कुन घाइतेको अवस्था कस्तो छ पूरा विवरण हेर्नुहोस् 

१) जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा ६ खहरेखोला बस्ने काजीमान श्रेष्ठको छोरी वर्ष  १७ की युनिसा श्रेष्ठ –  अस्पतालमा लग्दा बाटोमा नै मृत्यु भएको ।

२) जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा नं. ०६ अमारे बस्ने वर्ष २७/२८ की सोभा थापा- टाउको चोट – सामान्य ।

३) जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा नं. ५ बस्ने वर्ष २० की मनीषा रम्तेल – ढाड र बायाँ खुट्टामा चोट- मध्यम । 

४) ऐ.५ बस्ने वर्ष १९ की आयुस्मा श्रेष्ठ – टाउको ढाड र दायाँ पाखुरा चोट – मध्यम ।

५) ऐ.३ वर्ष २६ की सरिता चौलागाई (गर्भवती) – टाउको र दायाँ कुहिनामा चोट – मध्यम । रिफर सिन्धुली ।

६) ऐ.ऐ.४ बस्ने वर्ष १७ की सविता न्यौपाने –ढाडमा चोट – मध्यम । रिफर सिन्धुली ।

७) ऐ.ऐ. बस्ने वर्ष २७ की  इन्दिरा रिमाल - टाउकोमा चोट – गम्भीर । रिफर सिन्धुली ।

८) ऐ.ऐ. बस्ने वर्ष १७ की सावित्री न्यौपाने – ढाड, छाती र वाया खुट्टामा  – मध्यम । रिफर सिन्धुली

९) ऐ.ऐ. बस्ने वर्ष १९ की उमा न्यौपाने – सामान्य । ९८१३०७९६६६ । रिफर सिन्धुली ।

१०) ऐ.ऐ. बस्ने इन्दिरा रिमालको ‌छोरी वर्ष १३ की आकृति बयलकोटी – सामान्य । रिफर सिन्धुली ।

११) ऐ.ऐ.बस्ने वर्ष २० की मनिसा रम्तेल – ढाड र दायाँ खुट्टामा चोट - मध्यम ।

१२) ऐ.ऐ. ४ बस्ने इन्दिरा रिमालको छोरी वर्ष ७ कि प्रीति रिमाल – हातमा चोट – सामान्य । रिफर सिन्धुली ।

१३) ऐ.५ बस्ने वर्ष ३२ की मनिकला ढकाल – टाउकोमा चोट – दुधे बच्चा साथमा अवस्था गम्भीर । रिफर सिन्धुली ।