रामेछापको ‘लाईफलाईन’ खुर्कोट पुल जोड्न राज्य मन्त्री कान्छारामको ‘अविराम’ खटाई

| असोज ३०, २०८१ बुधबार

A A A
A A A

३० असोज, रामेछाप । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) दशैंको बेलामा पनि जिल्ला जोड्ने ‘लाईफलाईनľ खुर्कोटको पुल जोड्नका लागि दौडिरहेका छन् । १५ दिन बन्द भएर खुलेको अफ्ठेरो बिपी राजमार्ग छिचोल्दै विजया दशमीको भोलिपल्ट अर्थात् आइतबार खुर्कोट पुगेर उनले पुल निर्माणमा देखिएको गतिरोधको विषयमा बुजे, कामको प्रगति देखे । केही दिन अघि झारिएको ५० मिटर लामो बेल ब्रिजको सामान नपुगेपछि हेटौँडाबाट सामान लोड गराएर खुर्कोट आइपुगेका तामाङ अब त पुल जोडिएला भन्ने आशामा थिए । तर पुल जोड्ने कार्यमा संलग्न नेपाली सेनाले अझै सामान नपुग भएको बताएपछि उनले चैनको सास फेर्न सकेनन् । फेरी नपुग् सामानका लागि बन्दोवस्तीमा जुटे । 

 

सडक विभागको लाहानमा रहेको गोदाममा सामान भएको जानकारी पाएपछि त्यस तर्फको बन्दो बस्ती मिलाउनु त छदैथियो । त्यसमाथि पुल जोडिने रामेछापतर्फ बाढीले क्षतिग्रस्त बनाएको जग बनाउनु पर्ने थियो । प्रकोपमा परेका बेला कामदारको अभाव एकातिर अनि अर्कोतिर दशैं । यही बिचमा जगको सुरक्षाको लागि ग्यावियन भर्नु र सिमेन्टको जोडाईको केही काम पुरा गर्नु थियो । त्यसका लागि निर्माण व्यवसायीलाई समेत लिएर उनी मैदानमा खटिए । 

मंगलबार राज्य मन्त्री तामाङ ,मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ लगायतले ढुङ्गा बोके । ग्यावियन भरे । मन्थली नगरपालिकाको दमकल लगेर पानी पठाउँदै डोजर लगाएर रामेछाप तर्फको सडक तयार समेत सँग सगैं हुदैथियो । मंगलबार राति सम्म आइपुग्दा नपुग सामान बोकेको ट्रक खनियाखर्कबाट ओरालियो । सामानको जानकारी देखि व्यवस्थापन र ढुवानी सम्मको चाँजो मिलाएका तामाङले ढुवानीका क्रममा सडकमा परेका असजिलो पन्छाउनका लागि राति अबेर सम्म सम्पर्क गरिरहे  । जब खुर्कोटमा सामान पुग्ने सुनिश्चित भएपछि उनले आनन्द मान्दै भने ‘अव ढिलोमा बिहीबार सम्म बेलिव्रिजले वारी टेक्छ ।ľ

 

यति हुनुमा मन्त्री तामाङको साथ नेपाली सेनाको नेतृत्व गर्दै पुल निर्माणमा खटेका प्रमुख सेनानी नारायण  तुम्बाहाम्फे उत्तिकै क्रियासित थिए । प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल पुल निर्माणको व्यवस्थापनमा उत्तिकै लागि परे ।  १२ गतेको  बाढीले लगेको  सुनकोशी सगैंका अरू ९ वटा पुल थिए । सरकारले जिल्ला जोड्ने लाईफ लाईनको खुर्कोटको पुललाई प्रमुख प्राथमिकतामा राख्यो । अरू स्थानमा पुल निर्माणको काम अलपत्रनै छ । बेलिव्रिज निर्माण गर्नका लागि नेपाली सेनालाई तत्काल जिम्मा दिने निर्णय गराउन पनि राज्य मन्त्री तामाङ लगायतका जिल्लाका नेताहरूले प्रमुख भूमिका खेलेका थिए । 

खुर्कोटको पुल निर्माण पुरा हुना साथ रामेछापको यात्रा अव सहज हुनेछ । बिपी राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आईसेका छन् । आगामी वर्षा याम अघीनै बिपी राजमार्ग सुरक्षित स्थानबाट निर्माण गर्ने कुरामा शंका छ । राज्यमन्त्री तामाङ भन्छन् – अरबौको क्षति भएकाले राजमार्गकै विकल्प खोज्नुपर्ने अवस्था छ । उनले अबको विकल्प मध्यपछाडि राजमार्ग हुन सक्ने औँल्याएका छन् । यद्यपि बिपी राजमार्ग साविककै  अवस्थामा ल्याउनका लागि समेत सरकारले काम अघि बढाएको छ ।

 

खुर्कोटमा अहिले निर्माण हुँदै गरेको बेलिव्रिज एकतर्फी हो । यसको निश्चित तौल बोकेका सवारी साधन मात्र  गुड्न सक्ने सीमा तोकिएको हुन्छ । साविककै अवस्थामा पुल तयारी गर्नका लागि सरकारले बजेट व्यवस्था गरी तत्कालै ठेक्का लगाउने समेतमा उनले पहल गरिरहेका छन् । सरकारले पूरक बजेट ल्याएर पुन निर्माणका लागि कार्यक्रम ल्याउनु पर्नेमा उनको जोड छ ।