उमाकुण्डमा भोलि देखि वडा–वडामा पुगेर बैंकले सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्दै

| कात्तिक ३, २०८१ शनिबार

A A A
A A A

३ कात्तिक, रामेछाप । लक्ष्मी सन्राइज बैंकले भोलि आइतबार देखि उमाकुण्ड गाउँपालिकामा वडा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्ने भएको छ । पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बापतको रकम आइतबार देखि वडा नं ४ बाट वितरण गर्ने बैंकले एक जानकारी गराएको छ । 

 

७ वटा वडा रहेको यो पालिकाको केन्द्र प्रीतिमा रहेको बैंकको शाखा कार्यालयमा वडा नं ४ र ५ प्रीति, ६ गुप्तेश्वर र ७ नम्बर भुजीको भत्ता वितरण गर्ने सम्झौता अनुसार सबै वडामा २–२ दिनका दरले भत्ता हस्तान्तरण गर्ने बैंकले तयारी गरेको बुझिएको छ । 

 

राज्यले प्रदान गर्ने सबै प्रकारका सामाजिक सुरक्षा भत्ता प्रक्रिया पुगेका लाभग्राहीलाई हस्तान्तरण गरिने भएको हो । 

 

त्यस्तै वडा नं १ गुम्देल, २ बाम्तिभण्डार र ३ कुँबुँकाँस्थलीमा बाम्तिभण्डार शाखाबाट भोलि आइतबार देखि नै वितरण हुने भनिएको छ । गुम्देलमा यही कात्तिक ९ र १० गते भत्ता वितरण गरिने लक्ष्मी सन्राइज बैंक शाखा बाम्तिभण्डारले जनाएको हो ।   

 

विगतमा वडा मार्फतै वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता पछिल्लो समय बैंक मार्फत लाभग्राहीको खातामा पठाइँदै आइएको छ । 

 

यसरी सिधै उनीहरूको खातामा पठाउँदा लाभग्राहीले पाउने हुँदा यसरी वितरण थालिएको हो । कतिपय ठाउँमा भौगोलिक विकटताको कारण बैंकका शाखा कार्यालयहरू नपुग्दा समस्या भएको गुनासो सुनिने गरेको छ । साथै, बैङ्कहरूले समेत कागजी प्रकृियाको झन्जटले भत्ता वितरणमा समस्या हुने गरेको गुनासो गर्ने गरेका छन् ।