आजदेखि सुरु भयो तेस्रो रामेछाप कप : आयोजक दिपशिखा ब्वाइजको सुखद सुरुवात (भिडिओसहित)

न्यु स्टार स्तब्द्

| कात्तिक ५, २०८१ सोमबार

A A A
A A A

५ कात्तिक, रामेछाप । दिपशिका व्यवाइज युनाइटेड्द्वार आयोजित ‘तेस्रो रामेछाप कप’ फुटबल प्रतियोगितामा आयोजक दिपशिखा व्वाइजले सुखद सुरुवा गरेको छ । ट्राई बेकर मार्फत प्रतिद्वन्द्वी माथि ५–४ को जित निकाल्दै उसले प्रतियोगितामा सुखद सुरुवा गरेको हो । 

 

सोमबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरेको खेलमा कुनौरिको न्यु स्टार युवा कल्वलाई एक गोलको अग्रतामा जित हासिल गरेको हो । पहिलो हाप्मै अग्रता लिएको न्यु स्टारलाई दोस्रो हाप्को अन्तिम ४ मिनेट बाँकी छदा ६ नम्बर जर्सीका खेलाडीले अनपेक्षित गोल गर्दै दिपशिखालाई बराबरी खेलमा पुर्‍याएका थिए । 

 

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि ट्राई बेकरमा पुगेको खेलमा एक गोल किपरले एक गोल छेक्न सफल भएपछि आयोजक विजेता बन्न सफल भएको हो । सोमबार उद्घाटनको एक गेम मात्रै खेलाइएको छ । 

आयोजक दिपशिखासहित सानीमदौ सोशियल सिटी, आकाशे ब्वाइज कल्ब, खड्गदल गण (नेपाली सेना), नेपाल पुलिस, मन्थली ब्वाइज, मन्थली सांस्कृतिक समाज, न्यु स्टार युवा कल्ब र तामाकोशी रिभर साइट गरी ९ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले ३ लाख ट्रफि, मेडले र प्रमाण पत्र जित्ने छ । 

 

उपविजेताले २ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छ । प्रत्येक वर्ष फुटबल खेल प्रति युवाहरूलाई प्रोत्साहन गर्न र खेलाडी उत्पादन गर्ने उद्देश्यले मन्थली–२ स्थित दिपशिखा ब्वाइजले फुटबल खेल आयोजना गर्दै आएको छ । 

सोमबारदेखि सुरु भएको खुल्ला पुरुष फुटबल प्रतियोगिता आउँदो ८ गते सम्म संचलान हुने छ । प्रत्येक खेलमा म्यान अफ्दि म्याच हुने आयोजक निर्णय अनुसार सोमबार दिपशिखा ब्वाइजलाई अनपेक्षित जित दिलाउन सफल जर्सी नम्बर ६ का खेलाडी म्यानअफ्दि म्याच घोषित भएका छन् । उनलाई आजै ट्रफि प्रदान गरिएको छ । 

 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ, पूर्व मन्त्री शान्ति प्रसाद पौडेल, नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की, नेकपा (एमाले) का पुरुषोत्तम कडरिया, नेकपा (माओवादी केन्द्रका) उद्धव रम्तेल, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की), मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रजिअ राजु प्रसाद पौडेलसहित वडा अध्यक्षहरूको उपस्थितिका बिच खेलाडीहरूलाई करम्बोट मैदानमा बल हस्तान्तरण गर्दै खेल सुभारम्व गरेका हुन् । 

खेल मैदानमा खेलाडीहरूको स्वास्थ्यमा हुने समस्या र घटनालाई लक्षित गरी सबै खेलाडीहरूको १–१ लाख बराबरको बिमा समेत गरिएको उक्त प्रतियोगिता सञ्चालन गर्ने झण्डै २७ लाख माथि खर्च लाग्ने आयोजकले जनाएको छ । 

 

दोस्रो दिन मंगलबार बिहान ७ बजेदेखि नै खेल खेलाउने आयोजकको भनाई छ । त्यसको लागि आइबारै टाइसेट सार्वजनिक गरी प्रतिस्पर्धा हुने टिम बारे प्रष्ट्याइएको छ । उद्घाटन सत्रको रामेछाप टाइम्सको फेसबुक पेजबाट प्रत्येक्ष प्रसारण गरिएको छ । 

 

यसरी जित्यो हेर्नुहोस् भिडिओ 

 

 

खेल तालिका पनि हेर्नुहोस् ।