‘तेस्रो रामेछाप फुटबल कप’ : दिपशिखा ब्वाइज् र प्रहरीको टोली आज फाइनल खेल्दै, कुन–कुन टिम भए तेस्रो ?

| कात्तिक ८, २०८१ बिहिबार

A A A
A A A

८ कात्तिक, रामेछाप । ‘तेस्रो रामेछाप फुटबल कप’  मा आयोजक दिपशिखा ब्वाइज युनाइटेड र ‘डिपिओ रामेछाप’ (जिल्ला प्रहरीको टिम) आज फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । डिपिओ रामेछापको दोस्रो रामेछाप कप विजेता टिम समेत हो । ऊ तेस्रो कप समेत आफ्नो पक्षमा पार्ने लक्ष्य सहित आयोजक दिपशिखासंग फाइनल भिड्न लागेको छ । 

 

तेस्रो दिनको दोस्रो सेमिफाइनल म्याचमा सानिमदौ सोशियल सिटीलाई ३–० को जित निकाल्दै फाइनल प्रवेश गरेको डिपोओ रामेछापको टिम आयोजक दिपशिखा ब्वाइजसंगको फाइनल भेट पक्का गरेका हो । डिपिओले आकाशे एबिसि कल्बलाई समेत हराएको थियो । 

 

प्रत्येक वर्ष हुँदै आएको रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक दिपशिखाले पहिलो खेलमै न्यु स्टार युवा क्लबलाई निर्धारित समयमा २–२ को बराबरी भएपछि ट्राई बेकर मार्फत ५–४ को जित निकालेर सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा मन्थली सांस्कृतिक समाजलाई ५–१ को जित निकाल्दै फाइनल पुगेको थियो । 

 

विजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार जित्ने यो प्रतियोगितामा उपविजेताले २ लाख नगद ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ ।  आयोजकसहित ९ टिम सहभागिता रहेको यो खुल्ला प्रतियोगितामा मन्थली सांस्कृतिक समाज र सानिमदौं सोसियल सिटी सेमिफाइनलबाट नकआउट भएर नगद ५०–५० हजार पुरस्कार प्राप्त गर्ने पक्का भइसकेको छ । 

 

प्रथम रामेछाप कप विजेता समेत रहेको नेपाली सेना (खड्गदल गण) को टिम यो पटक फराकिलो हारसहित खेलबाट बाहिरिएको छ । फाइनल खेल बिहीबार दिउँसो १ बजेदेखि मन्थली नगरपालिका वडा नं २ करम्बोट स्थित खेल मैदानमा खेल सुरु हुने तयारी रहेको छ । 

 

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठबाट खेल समापन हुने तयारी भइरहेको बताइको छ । साथै, तेस्रो रामेछाप कप फाइनल खेलको समेत रामेछाप टाइम्सको अफिसियल फेसबुक पेजबाट लाइभ प्रसारण हुने छ ।