नवजागरण ‘साकोष’ संचालक समितिको अध्यक्षमा सोमेश थापा, यी १४ जना हुन् प्रदेशकै ‘उत्कृष्ट’ सहकारी हाँक्ने टिम (नामावलीसहित)

| कात्तिक १२, २०८१ सोमबार

A A A
A A A

१२ कात्तिक, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीबाट संचालित नवजागरण बचत तथा ऋण सहकारी संस्था ९साकोष० को संचालक समितिको अध्यक्षमा शोमेश थापा निर्वाचित भएका छन् । २०५५ साल श्रावण १२ गते स्थापना भएको नवजागरणले हाल मन्थली र रामेछाप नगरपालिकासहित खाँडादेवी, लिखु तामाकोशी र खाँडादेवी गाउँपालिका गरी चार स्थानीय तहमा कार्य क्षेत्र बनाइ सेवा प्रवाह गर्दै आएको छ । नवजागरण जिल्लामा रहेका झन्डै ४ सय सहकारीमै उदाहरणीय सहकारी संस्था हो । 

 

सोमबार साकोषको २६ औँ वार्षिक साधारण सभाको अवसरमा यस अगाडिका अध्यक्ष श्याम थापाको नेतृत्वमा रहेको संचालक समितिलाई परिवर्तन गरी सचिवको जिम्मेवारीमा रहेका सोमेश थापा अध्यक्षमा निर्वाचित भएका हुन् । युवा व्यवसायी समेत रहेका श्याम थापाले लामो समय संस्थाको नेतृत्व गरेर सफलताको शिखरमा पुर्‍याएर जिम्मेवारी सुम्पिएको सदस्यहरू बताउँछन् । 

 

गएको असोज २२ गते अगाडि नै नवराज पथिकको संयोजकत्वमा बनेको निर्वाचन समितिले २२ गते सम्म समय दिएर संचालक समितिमा दाबी गर्न आह्वान गरेकोमा सबै पदमा १–१ जनाको मात्रै उम्मेदवारी दर्ता भएको पछि सोमबार समितिले उनीहरूलाई निर्वाचित भएको घोषणा गरेको हो । जसअनुसार बागमती प्रदेश भरीकै ‘उत्कृष्ट’ बन्न सफल यो सहकारीको  उपाध्यक्षमा दामोदर थापा, सचिवमा नारायणबहादुर कार्की र कोषाध्यक्षमा भीमसेन थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित दामोदर र कोषाध्यक्ष बनेका भीमसेन थापा यस अगाडि संचालक समिति सदस्य थिए । सचिवमा निर्वाचित कार्की यसअगाडि कोषाध्यक्ष थिए ।  

९ हजार ८ सय ६४ जना शेयर सदस्य सदस्य रहेको साकोषको सह–सचिवमा कविता श्रेष्ठसँगै लालबहादुर मानन्धर, मनीषा माझी, सविना नेपाली, जयराम मानन्धर, रुद्रबहादुर महत र दामोदर प्रसाद घिमिरे संचालक समितिको सदस्यमा निर्वाचित भएको  समितिले घोषणा गरेको हो ।

 

गत असार मसान्त सम्ममा १ करोड ७९ लाख ७३५ रुपैयाँ ४४ पैसा नाफा मात्रै कमाएको नवजागरणले संचालक समिति सँगै तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । 

 

श्याम थापाको संचालक समितिमा समेत सो समितिकै संयोजक रहेका तारानिधि सुवेदीको संयोजकत्वमा समिति गठन गरी  दीपक कुमार कार्की र हसना पहरीलाई सदस्यको जिम्मेवारीमा निर्वाचित भएको समितिका सदस्य पाण्डव प्रसाईँले घोषणा गरेका हुन् ।