साहारा बचतको १९ औँ वार्षिक साधारण सभा : एक वर्षमा ९ लाख बढी खुद् नाफा, ‘मर्ज’को लागि बाटो खुल्ला

उद्देश्य मिल्ने जुन सुकै सहकारीहरू सँग पनि मर्ज गरी थप सशक्त बन्नको लागि सबै प्रकृियाहरु खुल्ला राखेको सचिव खड्गीले उद्घोषण

| कात्तिक १३, २०८१ मंगलबार

A A A
A A A

१३ कात्तिक, रामेछाप । रामेछापको मन्थलीबाट संचालित साहारा बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक वर्ष (२०८०/०८१) मा ९ लाख ४० हजार बढी खुद् नाफा कमाएको छ । मन्थली र रामेछाप नगरपालिका कार्य क्षेत्र बनाइ सेवा प्रवाह गर्दै आएको यो सहकारीले चालु आर्थिक वर्षको लागि २८ करोड ऋण लगानी तथा भाखा नागेका ऋण असुलीलाई ५ प्रतिशत कायम गर्ने नीति अगाडि सारेको सहकारीका कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

 

मंगलबार बिहान १९ औँ वार्षिक साधारण सभा कार्यक्रम गर्दै साहारा साकोषले १६ करोड २१ लाख ३७ हजार ७ सय ६५ रुपैयाँ ६९ पैसा ऋण लगानी गरेको, ३ करोड २३ लाख ९७ हजार ५ सय ५५७ रुपैयाँ ९५ पैसा आम्दानी गरेको छ  । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ६ लाख ६२ हजार ९ सय ४२ रुपैयाँ ५५ पैसा धेरै हो । 

 

आज भन्दा १८ वर्ष अगाडि सामुदायिक विकास समाज (सिडिएस) मा क्रियाशील सदस्यहरू र लक्षित समुदाय मिलेर २०६२ साल माघ १३ गते स्थापना भएको साहारा प्रारम्भमा २७ जना मिलेर मासिक रु १० संकलन गरी सुरु भएको अध्यक्ष शिव राज श्रेष्ठले बताए । 

हाल करिब ५ हजारको हाराहारीमा सदस्य रहेको यस साकोषको मन्थली नगरपालिकासहित रामेछाप नगरपालिकाको सम्पूर्ण वडाहरूमा सेवा प्रवाह हुँदै आएको छ । १४ प्रकारका निक्षेप सेवा र १५ प्रकारका ऋण सेवाहरू प्रदान गर्दै आएको बताउँदै सहकारीका कोषाध्यक्ष चुक्तबहादुर मगरले  साहारा राहत सेवा, रेमिट सेवा, मोबाइल बैंकिङ सेवा, बाल बचत सेवा लगायतका सेवा प्रदान गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख गरेका छन् । 

 

त्यस्तै चालु आर्थिक वर्षमा साहाराले सम्पत्ति वृद्धि गर्दै ३९ करोड  पुर्‍याउने लक्ष्य लिएको छ । साहाराले पनि सदस्यको मृत्यु भएमा प्रति मृतक ५ हजारको दरले राहत प्रदान गर्दै गत आर्थिक वर्षमा २५ जना मृतकको परिवारलाई रु ५ लाख ३५ हजार प्रदान गरेको सचिव शिसिर खड्गीको प्रतिवेदनमा उल्लेख छ । साथै, उद्देश्य मिल्ने जुन सुकै सहकारीहरू सँग पनि मर्ज गरी थप सशक्त बन्नको लागि सबै प्रकृियाहरु खुल्ला राखेको सचिव खड्गीले उद्घोषण गरे । 

 

चालु आर्थिक वर्षमा लिएका लक्ष्यहरूलाई हासिल गर्न सबै एक जुट भएर लाग्नु पर्नेमा जोड् दिँदै सचिव खड्गीले चालु वर्षको लागि निकै चुनौती र अवसर दुवै रहेको बताए । 

 

रामेछाप जिल्ला सहकारी संघका सचिव नवीन केसीसहित नेफ्स्कुन रामेछापका कार्यालय प्रमुख सूर्य थापा लगायतको उपस्थितिमा भएको वार्षिक साधारण सभाले सहकारीका सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको चालु आर्थिक वर्ष (२०८१/०८२) को नीति तथा कार्यक्रम र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।