नेपाल लोकतान्त्रिक खेलकुद संंघ रामेछापको अध्यक्षमा सैपुका पुष्कर पौडेल मनोनीत

| कात्तिक २८, २०८१ बुधबार

A A A
A A A

२८ कात्तिक, रामेछाप । नेपाली काँग्रेस रामेछापका युवा नेता पुष्कर पौडेल काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्ष नियुक्त भएका छन् । 

 

 

युवा नेता पौडेललाई केन्द्रीय समितिका अध्यक्ष देवेन्द्र कुमार शेरचनले जिल्ला अध्यक्षमा मनोनीत गरेका हुन् । जिल्लामा युवा नेताहरू एक ठाउँमा उभिएर पार्टीलाई थप गतिशील र दृढ बनाउनु पर्ने धारणासहित राजनीतिमा क्रियाशील पौडेललाई पत्र मार्फत अध्यक्षको जिम्मेवारी दिइएको हो । 

 

पौडेल लिखु तामाकोशी गाउँपालिका–२ सैपु निवासी हुन् । उनले वडा र पालिकामा विभिन्न खेलकुदका गतिविधिलाई चलायमान गराउँदै आएका छन् ।