मिडियाहरुले आफ्नो विज्ञापन दर ‘एकै’ गर्न सकेनौँ भने थप समस्यामा पर्छौँ– बोर्ड अध्यक्ष हुमागाईँ
२८ कात्तिक, रामेछाप । विज्ञापन बोर्डका अध्यक्षका अध्यक्ष लक्ष्मण हुमागाईँले मिडियाकर्मीहरू एक ढिक्का नभए आगामी दिनमा थप समस्यामा पर्ने बताएका छन् । मिडियाहरुले आफ्नो स्रोतलाई एक भएर लागू गर्न सक्नु पर्नेमा उनको जोड् छ ।
बुधवार रामेछापका पत्रकारहरुसंग अन्तरक्रिया गर्दै अध्यक्ष हुमागाईँले यस्तो बताएका हुन् । पछिल्लो समय देशभरका सबै मिडियाहरू धराशायी रहेको उल्लेख गर्दै अध्यक्ष हुमागाईँले भने ‘तपाई हामी सबैले एक भएर आफ्नो मूल्य लागू गर्न सकेनौँ भने थप चुनौतीमा पर्छौँ ।’ एक मिडियाले ५ सयमा र उही सूचना÷विज्ञापन अर्कोले १० मा छाप्दा विज्ञापनदाता सस्तोमा जोडिने हुँदा मिडियाहरुले आफ्नो दररेट एकद्वरको बनाउन सक्नु पर्छ भने ।
बोर्डले स्थानीय तहमार्फत गरिने विज्ञापनहरूको भुक्तानीलाई थप कडाइ गर्दै ऐजेन्सीहरुलाई भुक्तानी लिन बिलको प्रतिलिपि अनिवार्य गर्न ऐन लागू गरिसकेको सुनाए । प्रक्रिया नमिलेको भुक्तानीको बारेमा गुनासो परेमा बोर्डले तत्काल कार्बाहि गर्न बोर्ड तयार रहेको प्रतिबद्धता दोहोर्याए ।
सञ्चालनमा रहेका रेडियो, पत्रिका र अनलाइनहरूले एकै मूल्य लागू गर्न सके मिडियाहरुले पाउने शुल्क जसरी पनि पाउन सक्ने तर्क गर्दै मूल्य सूचीमा एकद्वार बनाउन लाग्न जोड् दिए । साथै, मिडियाहरू जति पनि खोल्न दिने नीति नै गलत भएको उल्लेख गर्दै नियामक निकाय तत्काल आवश्यक भएको जिकिर गरे ।