रामेछाप नगरको ‘हाकिम’ले भने: तपाईँहरू सबैले साथ दिनुहोस् नगरलाई ‘माथिल्लो’ मूल्याङ्कनमा उत्कृष्ट र असारमा चेक नकाट्ने बनाउँछु’

| मंसिर १, २०८१ शनिबार

A A A
A A A

१ मंसिर, रामेछाप । बागमती प्रदेश भरीकै बेरुजु कम रहेको पालिका समेत भएर लेखाका कर्मचारी सम्मानित हुन सफल रहेको तर संघीय सरकारले गर्ने विभिन्न सूचकहरूको मूल्याङ्कनमा सधैँ पछि परिरहेको रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा आएका भोला प्रसाद चापागाईँले नगरपालिकाको जनप्रतिनिधिसहित सबैको साथ पाए नगरको ‘कार्य’लाई देशभरकै उत्कृष्ट नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आर्थिक वर्षको सम्पूर्ण गतिविधि असार १० गते बजेट आउनु अगाडि नै सम्पन्न गरी सक्ने उनको भनाई छ । 

 

आफू आए लगत्तै कर्मचारीहरूले एक्सन पाल्न अनुसार कार्य गर्ने गरी तीव्र तयारी गरी रहेको उल्लेख गर्दै ‘लिजा’ र ‘फ्रायप’ मा नगरलाई देशभरको ‘सफल’ नगर बनाउने प्रशासकीय अधिकृत चापागाईँले दृढता व्यक्त गरे । विगतमा उनले काम गरेको स्थानीय तहलाई त्यो सफल पारेको अनुभव समेत उनले सुनाए । 

 

शुक्रवार नगरपालिकाको गत वर्ष र चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा कार्यक्रममा बोल्दै ‘असार १० गते बजेट ल्याउने हो, असारमा चेक काट्ने हैन । तपाईँहरू सबैले साथ दिनु भयो भने असारमा चेक नकाट्ने वातावरण बनाउनेछु’ कर्मचारीहरू र सबैले गल्तीको विकल्प, गल्ती दोहोर्‍याउन नहुने बताउँदै १३ वर्षदेखि स्थानीय तहको अनुभव छ, ‘प्रशासकीय अधिकृत चापागाईँले थपे’ ‘लिजा’ र ‘फ्याप’ मा रहेका चार क्षेत्रहरूलाई नम्बर थप हुने गरी काम गर्नु पर्छ । त्यसमा सबैको साथ चाहिन्छ ।’ 

 

रामेछाप नगर आफ्नो आन्तरिक स्रोत कम भएको पालिका रहेको उल्लेख गर्दै संंघ र प्रदेशबाट आउने बजेटमा समयमै कार्य सम्पन्न गरी बजेट फ्रिज जानबाट रोक्ने धारणा राखे । जनप्रतिनिधि र कर्मचारीलाई थप परिष्कृत सहित तालिकमहरु सञ्चालन गरेर व्यवस्थित र चलायमान गरिने उनको भनाई छ ।