मन्थली नगरपालिकाले निःशुल्क शिक्षक सेवा आयोगको अनलाइन तयारी कक्षा संचालन गर्ने

| मंसिर १, २०८१ शनिबार

A A A
A A A

१ मंसिर, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षक सेवा आयोग माध्यमिक तह, निम्न माध्यमिक र प्राथमिक तहको ‍(प्रथम पत्र) को निःशुल्क अनलाइन तयारी कक्षा संचालन गर्ने भएको छ । 

 

यस अगाडिका वर्षहरूमा लोक सेवा आयोगसहित विभिन्न अनलाइन तयारी कक्षा संचालन गरेको मन्थली नगरपालिकाले यो वर्ष पनि नगरका युवाहरूलाई सरकारी जागिरमा लगाउन सहयोग पुर्‍याउने उद्देश्यले तयारी कक्ष संचालन गर्न लागेको जनाएको छ । 

 

शनिवार एक सूचना जारी गर्दै नगरका सूचना अधिकारी समेत रहेका उप सचिव (प्रा) हेमन्त कुमार बुढाथोकीले यही मंसिर १० गते सम्म नगरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । 

 

गत वर्ष पनि यो नगरपालिकाले लोक सेवा आयोग र शिक्षक सेवा आयोगको अनलाइन तयारी कक्षा संचालन गरेको थियो । 

 

यो हेर्नुहोस् सूचना