सुनापति गाउँपालिकाले शुक्रवार देखि घुम्ती शिविर संचालन गर्दै

| मंसिर २, २०८१ आइतबार

A A A
A A A

२ मंसिर, रामेछाप। जिल्ला सुनापति गाउँपालिकाले एकीकृत घुम्ती शिविर संचालन गर्ने भएको छ । यही मंसिर ७ गते शुक्रवारदेखि ११ गते सम्म ५ वटै वडामा पुगेर पालिका बासीहरूलाई घरदैलोमा सेवा दिन लागेको गाउँपालिकाले जनाएको छ । 

 

आइतबार एक सूचना जारी गर्दै पालिकाले पालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को चौमासिक सार्वजनिक सुनुवाइसहित योजना तथा कार्यक्रम सम्झौता, ज्येष्ठ नागरिक र अपाङ्गता परिचय पत्र वितरण गर्ने जनाएको हो ।

 

वडा नं ४ को कार्यालयमा सार्वजनिक सुनुवाइसहित सुरु हुने उक्त घुम्ती शिविर बिहान ११ बजे देखि अपराह्न ४ बजे सम्म संचालन गर्ने गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङको निजी सचिवालयले जनाएको हो । 

 

कुन वडामा कहिले हेर्नुहोस् सूचना