‘एनएफपिजे’ सिन्धुलीको अध्यक्षमा उद्धव श्रेष्ठ: अध्यक्ष ‘प्रख्यात’ ले भने–‘योजना लिएर आउनुहोस् खाली हात फर्काउँदिन’

| मंसिर ५, २०८१ बुधबार

A A A
A A A

५ मंसिर, रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) सिन्धुली शाखा विस्तार गरिएको छ । बुधवार समूहका बागमती प्रदेश सचिव कुमार श्रेष्ठको उपस्थितिमा भएको प्रथम जिल्ला भेलाले उद्धव श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति विस्तार गरेको हो । 

बागमती प्रदेशका १३ जिल्ला मध्ये समिति विस्तार हुन बाँकी रहेको सिन्धुलीलाई पूर्णता दिने क्रममा आज जिल्लामा क्रियाशील पत्रकारहरूलाई समेटेर सर्व सहमतिमा समिति गठन गरिएको हो । 

 

मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’, कमलामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापासहितको उपस्थितिमा सर्व सहमतिमा समितिलाई पूर्णता दिइएको हो । 

 

(एनएफपिजे) सिन्धुलीको उपाध्यक्षमा बुद्ध नेपाली, सचिवमा राधिका बुढाथोकी, कोषाध्यक्षमा कुमार दुलालले जिम्मेवारी पाएका छन् । 

 

त्यस्तै सह–सचिवमा अशोक काफ्ले चयन भएका छन् । भने, सदस्यमा गंगा विसुङ्खे, दिलीप कुमार श्रेष्ठ, विमला रजन मगर, पुनम सुनुवार, राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा चयन भएका हुन् । 

 

प्रस्ताव लिएर आउनुहोस् मोक्तान

यसै बिच समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै मरिण गाउँपालिकाका अध्यक्ष ‘प्रख्यात’ ले सङ्गठित रूपमा योजनाहरूले लिएर आए सहयोग गर्ने प्रतिबद्धता जनाए । नवगठित समितिलाई शुभकामना दिँदै अध्यक्ष मोक्तानले भने ‘तपाईँहरू मिलेर यो गर्छौँ भन्ने योजना लिएर आउनुहोस् हामीले सकेको सहयोग गर्न तयार छौँ’ स्थानीय सरकारले समिति स्रोत साधनाबाट सबै क्षेत्रलाई समेट्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै पालिका अध्यक्ष मोक्तानले थपे ‘हामी कहाँ आउनेलाई खाली हात फिर्ता पठाएका छैनौँ ।’

विमर्श मोक्तान ‘प्रख्यात’,मरिण गाउँपालिका अध्यक्ष

 

गठित समूहले संस्थाको उद्देश्य अनुसार विभिन्न नाममा बदनाम हुँदै गएको पत्रकारितालाई सुधार गर्न सक्नु पर्नेमा उनको जोड् छ । त्यस्तै वडा नं ६ का अध्यक्ष थापाले पनि प्रस्ट योजना लिएर आए सहयोग गर्न तयार रहेको विश्वास व्यक्त गरे। 

 

रेड्क्रशका जिल्ला सभापति श्रेष्ठले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै सिन्धुलीमा पत्रकारहरूलाई सम्मान गरी संस्थागत प्रोत्साहन बढाउन सहयोग गर्न आग्रह गरे । फोटो पत्रकारहरूले पत्रकारितामा फोटोको दुरुपयोग र बदनाम रोक्न काम गर्न सक्नु पर्नेमा उनको सुझाव छ ।