गोकुलगंगा गाउँपालिकाले लोकसेवा आयोगका विभिन्न तयारी कक्षसँगै, ड्राइभिङ, वारिष्ठ र ‘अहेव’ पढाउने
१२ मंसिर, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले लोकसेवा, शिक्षक सेवा आयोग लगायतको तयारी कक्षा र सिपमूलक तालिम संचालन गर्ने भएको छ । तीनै तहका सरकारी क्षेत्रमा रोजगारीमा जोड्ने उद्देश्यले तयारी कक्ष संचालन गर्न लागेको जनाएको हो ।
सोमबार एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले पालिका भित्रका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले चालु आर्थिक वर्ष (आ.व.) २०८१÷०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत ती कक्षहरू तत्काल संचालन गर्न लागेको बताएको हो ।
त्यस्तै सिप मूलक कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा ५ जनालाई (अहेव) समेत पढाउने भएको छ ।
त्यस्तै हलुका सवारी चालक एवं ड्राइभिङको तालिम १५ जनालाई प्रदान गर्ने भएको छ ।
२५ जनालाई वरिष्ठ तालिम प्रदान गर्न लागेको र त्यसको लागि सूचना प्रकाशन भएको २१ दिन भित्र सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।