प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा भिडियो ऐ-क्सरे सेवा र शव सुरक्षित राख्ने डि-फ्रिज संचालनमा

| असार ९, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

०९ असार, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं १ आकाशेमा संचालित प्राथामिक स्वास्थ्य केन्द्र मन्थली पिएच्सी० मा डिजिटल भिडियो एक्सरे सेवा संचालन आएको छ । बुधबार नगरप्रमुख रमेश कुमार बस्नेतले सेवा आरम्भ भएको औपचारिक सुरुवात् गरेका हुन् । 

महिलाहरुको लागि विशेष सेवा 


तत्कालको लागि गर्ववती (प्रसूती सेवा) महिलाहरुको मात्रै हुने गरि भिडियो एक्सरे सेवा संचालनमा आएको प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीका ब्यवस्थापन समितिका उपाध्यक्ष बिरेन्द्र श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने "हामीले आजदेखि पिएच्सीमा भिडियो एक्सरे सेवा संचालन ल्याएका हौं, नगरप्रमुखले उद्घाटन गर्नुभयो, हामीसंग सबैको एक्सरे हुने प्रविधिहरु भएपनि चिकित्सक, स्वास्थ्यकर्मीहरुले तालिम लिनू पर्ने रहेछ त्यसपछि सबैको हुन्छ भने ।"

पिएच्सीमा भिडियो एक्सरे सेवार र प्रोष्टिक खानेकुरा हस्तान्तरण कार्यक्रममा सामूहिक तस्विर
उनका अनुसार भिडियो एक्सरेसंगै पिएच्सीमा इसिजी, फारमेसी सेवा पनि विस्तृत रुपमा सुचारु भएको छ । यो सेवा संचालनमा आएसंगै अब स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गराउदै आएका बिरामीहरुलाई थप राहात पुगेको छ । श्रेष्ठले भने-'विगत चार वर्षदेखि पिएच्सीमा बिमाबाट उपचार गराउदै आएकाहरुको सबै भन्दा ठूलो समस्या अब अन्त्य भएको छ, पहिले नाम यहाँ टिपाएर आधआघण्टाको बाटो हिडेरै भएपनि लिस्ट अनुसारको औषधी लिनलाई तामाकोशी र रामेछाप सामुदायिक अस्पताल धाउनु पर्थो त्यो अब हटेको छ ।'

उनका अनुसार सेवा सञ्चालनमा आएसंगै चार वर्षदेखि नागरिकहरुले खेप्दै आएको औषधी खरिद्को दौड्धुप अब हटेको हो ।

 

उनले भने-'अब प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमाले दिदै आएको ११ सय ६० किसिमको औषधी प्रदान हुने छ । अहिले ३ सय प्रकारका औषधी दैनिक जसो चाहिने छ । हामी बिमाले निर्धारण गरेका सबै औषधी उपलब्ध गराउने तयारीमा छौं ।'  हाल पिएच्सीबाट ५८ किसिमको निशुःल्क बाहेक बिमाले निर्धारण गरेको केही औषधी प्रदान हुदै आएको छ । 

 

चाँडै १५ शैय्याको अस्पतालको रुपमा स्तर उन्नती हुन लागेको सो अस्पतालको भवन निर्माण पनि २ महिनापछि सुरु गर्ने तयारी आफूहरुको रहेको उपाध्यक्ष श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । उनले भने "अब १५ शैय्याको अस्पतालको रुपमा संचालनमा आउन लागेको अस्पतालको सुविधा सम्पन्न भवन ढिलोमा २ महिना पछि हामी सुरु गर्दैछौं । त्यसपछि २४ सै घण्टा सेवा, बिरामी भर्ना गरेरै उपचार लगाएतका सेवा विस्तार हुने छ ।"

प्रसूती सेवा लिई रहेकाहरुलाई पोष्ट्रिक खानेकुरा प्रदान गर्दै नगरप्रमुख रमेश कुमार बस्नेत
बुधबार वैशाख देखि प्रसूती सेवा लिदै आएका महिलाहरुलाई उप-मेयर कार्यक्रम अन्तर्गत वेवी वर्थ किट् घ्यु र तेल हस्तान्तरण गरिएको छ ।

उपाध्यक्ष श्रेष्ठका अनुसार जिल्लाको अन्य ठाउँको तुलनामा अधिक गर्मी रहेको मन्थलीमा शव व्यवस्थापन गर्ने पनि अब सहज हुने भएको छ । उनले भने "कहिपए शवहरु एक हप्तासम्म पनि राख्नु पर्ने हुन्छ, हामीले विगतमा निकै कष्ट खेप्यौ अब त्यो हटेको छ। हामीले शवलाई सुरुक्षित राख्नको लागि आवश्यक उपकरण डि-फ्रिज पनि संचालनमा ल्याएका छौं ।"


नगरपालिकाले आफ्ना सबै नागरिकहरुलाई सबै प्रकारको उपचार नगरभित्रै गर्ने उदेश्यका साथ अस्पतालको स्तरउन्नती योजनाबद्ध रुपमा अघी बढेको नगरप्रमुख बस्नेतले रामेछाप टाइम्सलाई बताए । उनले भने "अब सबै प्रकारका उपचार यसै अस्पतालबाट गर्ने नै नगरको मुख्य योजना छ, यसलाई तत्काल ब्यवस्थित् गर्नेकाममा नगरप्रतिबद्ध भएर लागेको छ ।"
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार