पत्रकार महासंघ रामेछापमा निर्वाचित घिमिरे नेतृत्वको ‘टिम’ले गर्‍यो शपथ र पदभार ग्रहण (तस्बिरसहित)

| मंसिर २९, २०८१ शनिबार

A A A
A A A

२९ मंसिर, रामेछाप । शुक्रवार भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्षसहितका पदाधिकारीहरूले शपथसँगै पदभार ग्रहण गरेका छन् । ३७ मत ल्याएर अध्यक्षमा निर्वाचित दीपक कुमार घिमिरेसहितका पदाधिकारी र प्रदेश र केन्द्रीय पार्षद्ले निर्वाचन समिति संयोजक पार्वती पाठक (घिमिरे) बाट शपथ खाएका छन् । 

 

आगामी तीन वर्षे कार्यकाल घिमिरे नेतृत्वको टिमले शनिवार देखि सुरु गरेको हो । समितिको उपाध्यक्षमा युनिक विफा घिसिङ र तुलसी देवी श्रेष्ठ, सचिवमा नवराज श्रेष्ठ, कोषाध्यक्षमा युवराज श्रेष्ठ रहेका छन् । 

 

नवनिर्वाचित अध्यक्ष दिपक कुमार घिमिरे

 

त्यस्तै सहसचिवमा रामचन्द्र बिक र कुमार श्रेष्ठ रहेका छन् । समितिको सदस्यमा मिलन बि क, राजन महतारा, निरु थापा, कुमार श्रेष्ठ, लेखबहादुर बि क, शंकर बरुवाल, शर्मिला विशुन्खे र नवराज बि क रहेका छन् । शुक्रवार सम्पन्न ९ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष बाहेक सबै निर्विरोध भएका हुन् । निर्वाचित सबैलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गर्दै जिम्मेवारी प्रदान गरेको हो ।

 

नवनिर्वाचित अध्यक्ष दिपक कुमार घिमिरेसहित पूर्व अध्यक्षहरु, अध्यक्षको कुर्सी हस्तान्तरणको क्रममा 

 

साथै, रामेछापबाट निर्विरोध प्रदेश पार्षद् बनेका कल्याण बुढाथोकी, सम्बरबहादुर हायु (प्रशान्त) र शान्त श्रेष्ठ र केन्द्रीय पार्षद् बद्री नयाँ घरे र ज्ञानु श्रेष्ठले पनि शपथ खाएका छन् ।  

 

महासंघको सभा हलमा आयोजित जिम्मेवार हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष बद्री नयाँ घरे, पूर्व अध्यक्षहरू रमेश ढुङ्गेल, टिका भट्ट र हिमाल ढुङ्गेलसहित सबै पेशागत सङ्गठनहरूको उपस्थिति रहेको थियो । 

निर्वाचित अध्यक्ष दिपक कुमार घिमिरेलाई जिम्मेवारी हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष बन्द्री नयाँघरे 

 

निर्वाचित घिमिरे नेतृत्वको टिमले आजै देखि पदभार ग्रहण गर्दै यो कार्यकाललाई सफल पार्न सबैसँग मिलेर काम पर्ने प्रतिबद्धता जनाए । शनिवारै बसेको घिमिरे नेतृत्वको पहिलो कार्यसमिति बैठकले प्रत्येक महिनाको ५ गते बिहान ठिक ११ बजे नियमित बैठक बस्ने निर्णय समेत गरेको छ । 

शपथ खाँदै निर्वाचित सम्पूर्ण टिम