नारी : आधुनिकता सँगै ‘अश्लील’ हुनु पर्ने हो !

| पुस ३, २०८१ बुधबार

A A A
A A A

नारी शब्द’ आफैमा सुन्दा पनि कता–कता सम्मानयोग्य, ममताको खानी, समर्पण र त्यागको भण्डार जस्तो लाग्छ।नारीलाई पृथ्वी,ब्रह्माण्ड,सृष्टिकर्ता अनेकौँ नामको उपमा दिए पनि कम हुन्छ। दिइन्छ पनि । नारीको उत्कृष्ट रूप आमा हुन् । जस्तोसुकै पीडा,दुःख र कष्ट भोगेर एउटा सुन्दर जीवनलाई धर्तीमा टेकाऊ छिन। 

 

नारीलाई प्रकृतिले नै यस्तो शक्ति दिएको छ । जसले एउटा अबोध जीवनलाई पृथ्वीमा भित्राएर अनेकौँ आरोह अवरोहहरूको सामना गर्न सिकाऊ छिन । प्रकृतिप्रदत नियमले हेर्ने हो भने पनि नारी मनले कोमल,बौद्धिकताकी खानी र स्नेहकी सागर हुन।  

 

२१ औँ शताब्दी सम्म आइपुग्दा कता–कता नारीले आफ्नो प्रकृतिप्रदत उपहार गुमाएको हो, कि जस्तो भान हुन्छ। २१ औँ शताब्दीकी नारी शारीरिक रूपमा सुन्दर छिन। तर उनमा कतै त्यो मनको करुणा, त्यो त्याग र समर्पण गर्ने क्षमता र स्नेह गुमाएर आफ्नै सुगन्ध थाहा नपाउने कस्तुरी जस्तो देखिन छिन्।

 

प्रविधिको युगकी नारी पढाइमा अब्बल छिन्, बाहिरी व्यक्तित्व सुन्दर छ। तर उनी आधुनिकताको नाममा आफै नाङगिन्छीन् । सामाजिक सञ्जालमा उनीले आफ्नो शारीरिक बनावटलाई अनेकौँ नाममा अश्लीलताको रूपमा प्रदर्शन गर्छिन्।

 

 नारी नाङगिनु पदैन, उनीले अश्लीलताको प्रतीक बन्नु पर्दैन । नारीः दुर्गा,भवानी र सरस्वतीकी अर्की रूप हुन् । उनीलाई सधैँ यो जगत र मानव प्रकृतिले पुज्छ र पुज्नु पर्दछ। दुर्गा र भवानी शक्तिकी अर्की रूप हुन् र सरस्वती ज्ञानकी खानी हुन् । यी गुण नारीमा छ।    

 

निःस्वार्थ स्नेह र ममता दिन छिन्। जुन घरमा नारी सक्षम र अब्बल छिन् ।

 

उनी आफैमा शक्तिशाली छिन्, बौद्धिक छिन्, ज्ञानको अथाह भण्डार उनमा छ, ब्रह्माण्ड नै उनी नै हुन्। सबै ईश्वरीय र प्राकृतिक शक्ति नारीमा छ। एउटा बालकलाई सक्षम र सभ्य बनाउने भूमिका नारीले आमाको रूपमा देखाउँछिन्। समाज र परिवारले नि सुधार नसकेको श्रीमानलाई नारीले श्रीमतीको रुपमाकर्तव्यबोध गराउने र कर्मनिष्ठ बनाउँछिन्। 

 

नारीले दिदी र बहिनीको रूपमा जहिले पनि दाजुभाइलाई  निःस्वार्थ स्नेह र ममता दिन छिन्। जुन घरमा नारी सक्षम र अब्बल छिन् । त्यो घरमा जहिले पनि शान्ति र करुणाले भरिपूर्ण हुन्छ। 

 

अन्तमा: यसो बिचार गर्नुस् त, पुरुष शिक्षित, सक्षम, बिद्दान भएको घरका बालबालिका भन्दा नि नारी शिक्षित र सक्षम भएको घरको बालबालिका हरेक दृष्टिकोणबाट अब्बल हुन्छन्। नारी देवी हुन्। अवस्था, परिस्थिति र परिवेश हेरेर ईश्वरीय र राक्षसीय दुवै गुण देखाउँछिन्। 

 

नारी देवो भव:

कन्चन कार्की
| भदौ २८, २०८१ शुक्रबार
समिन बरुवाल
| चैत १५, २०८० बिहिबार