मन्थली माविका १२ सय विद्यार्थीलाई एमाले नेता गौतमले गरे ‘न्यानो कपडा’ प्रदान
८ पुस, रामेछाप । विभिन्न विपत्तिमा परेकाहरूलाई सहयोग गर्दै आएका नेकपा एमालेका नेता रत्न गौतमले जिल्लाकै सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका विद्यार्थीलाई ‘ट्याक्सुट’ (‘न्यानो कपडा’) प्रदान गरेका छन् । उनले १२ लाख बराबरको कपडा हस्तान्तरण गरेका हुन् ।
सोमबार जिल्ला सदरमुकाम समेत रहेको मन्थली माविमा आयोजित कपडा हस्तान्तरण कार्यक्रममा गौतमले माविका (विव्यस) अध्यक्ष श्याम सुवेदी, (प्रअ) टंकप्रसाद दाहाल, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, नेपाली काँग्रेसका जिल्ला प्रवक्ता कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका अध्यक्ष उज्ज्वल सुवेदीसहित विद्यार्थी नेताहरू लगायतको उपस्थितिमा नर्सरीदेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरूका लागि करिब १ हजार २ सय विद्यार्थीलाई ट्याकसुट लगायतको १२ लाख रुपैयाँ बराबरका कपडा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले जानकारी दिए ।
न्यानो कपडा हस्तान्तरण कार्यक्रमका बोल्दै सहयोगी दाताको छवि बनाएका नेता गौतमले विद्यार्थी र अभिभावकलाई पठनपाठनमा उत्प्रेरित गर्न आफूले जिल्ला पार्टी र विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनसँग समन्वय गरी सहयोग गरेको सुनाए । आगामी दिनमा पनि गुणस्तरीय शिक्षाको लागि आफूले सकेको सहयोग गर्ने गौतमको भनाई छ ।