पहिलो चौमासिक अवधिमा मन्थली नगरपालिकाको बजेट खर्च निराशाजनक, ३७० वटा योजना मध्ये १०८ सम्झौता, ७ प्रतिशतको भुक्तानी
१३ पुस, रामेछाप । मन्थली नगरपालिकाको चौमासिक खर्च निराशाजनक देखिएको छ । खर्चको तुलनामा आम्दानी भने केही सुधार सन्तोष जनक देखिको छ ।
शुक्रवार नगरपालिकाको वडा नं ७ भटौलीमा आयोजित प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष (आ.व). २०८१/०८२ को ५ महिनाको अवधिमा गरेका काम र प्राप्त भएका ‘मुख्य उपलब्धिहरू’ भन्दै प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सार्वजनिक गरेको विवरणमा चौमासिक अवधि भरी चालु खर्च २६ प्रतिशत तथा पुँजीगत खर्च ६ प्रतिशत गरी कूल खर्च २० प्रतिशत बजेट खर्च भएको उल्लेख छ ।
१ अरब १ करोड ९७ लाख ८१ हजारको बजेट ल्याएको जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले अघिल्लो वर्ष जम्मा ८५ प्रतिशत बजेट खर्च गरेको थियो । समयमै सम्पूर्ण काम सक्ने र भुक्तानी प्रक्रियालाई व्यवस्थित गर्ने पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यशैलीमा भने उल्लेख्य सुधार भएको नपाइएको हो ।
बजेट खर्च निराशाजनक देखिँदा आम्दानी भने केही गत वर्षको प्रथम चौमासिकको तुलनामा केही सुधार उन्मुख देखिएको हो । (लिजा) सहित विभिन्न सूचकहरूमा जिल्लाकै पहिलो हुँदै आएको यो नगरपालिकाले राजश्व संकलन ३ करोड ८५ लाख गर्ने लक्ष्य लिएकोमा हाल सम्म १ करोड ७३ लाख रकम अर्थात् कूल आय लक्ष्यको करिब ४५ प्रतिशत आम्दानी उपलब्धि हाँसिला गरेको छ प्रशासकीय अधिकृत सापकोटाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
राजश्वको दायरालाई फराकिलो पार्दै लैजानका लागि घर भाडाकरको दर र दायरा गत असारको नगर सभा अधिवेशनबाट स्वीकृत भई कार्यान्वयनका लागि छलफल परामर्श र थप अध्ययन भइरहेको बताइएको छ । चौमासिक अवधिमा गत वर्ष ठेक्का नलागेका नदीजन्य कच्चा सामाग्री, नगरका भवनहरूको सटर भाडा यो वर्ष लागेकाले पनि आम्दानी बढेको बुझिएको छ ।
त्यस्तै हाल सम्म वडा शिलिङ्ग, नगर स्तरीय र संघ एवं प्रदेशबाट प्राप्त आयोजनाहरू सहित कूल ३७० वटा योजनाहरू मध्ये १०८ वटा (२९ प्रतिशत) सम्झौता भई २५ वटा (७ प्रतिशत) योजनाको भुक्तानी भएको छ ।
यस्ता छन् मन्थली नरपालिकाले आ.व. २०८१/०८२ का लागि २०८१ असार ५ मा नगरसभाको १५ औं अधिवेशनबाट स्वीकृत गरेको नीति, कार्यक्रम तथा वजेट बमोजिम यो ५ महिनाको अवधिमा गरेका काम र प्राप्त भएका ;मुख्य उपलब्धिहरु' भन्दै प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सार्वजनिक गरेका विवरण
- स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (SuTRA), CGAS, Online Vouching. PAMS लगायतका अनलाइन सफ्टवेयर कार्यान्वयन गरि भुक्तानी र जिन्सि व्यवस्थापनमा सरलता र सहजता कायम गरिएको छ ।
- २०८१ चैत्र मसान्त भित्र नगरलाई बालमैत्री शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्ता र सो अनुरुपको कार्यहरु सञ्चालन भईरहेका छन ।
- सुशासनलाई प्रभावकारी बनाउन कार्यपालिकाका निर्णय र अन्य महत्वपुर्ण सूचनाहरु समयमै नगरपालिकाको वेब पेजर फेसबुक पेज मार्फत सार्वजनिक गर्नुका साथै अन्य सम्पन्न कार्यहरुलाई तत्काल सार्वजनिक गर्ने गरि वार्षिक प्रगति प्रतिवेदन, सूचनाको हक अन्तर्गतको स्वतः प्रकाशन, Website update, जिल्लाका ५ वटा रेडियोहरुबाट साप्ताहिक गतिविधिको बारेमा साप्ताहिक रेडियो कार्यक्रम प्रसारण, सार्वजनिक सुनुवाइ, टोकन प्रणालीको कार्यान्वयन भइरहेको छ ।
- नगरपालिकामा प्राप्त गुनासो सुनुवाईका लागि सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरि सूचना मागका निवेदन र गुनासो समयभित्रै सुनिने व्यवस्था मिलाइएको छ ।
- वडा शिलिङ्ग, नगरस्तरीय र संघ एवं प्रदेशवाट प्राप्त आयोजनाहरु सहित ३७० वटा योजनाहरु मध्ये १०८ वटा (२९%) सम्झौता भई २५ वटा (७%) योजनाको भुक्तानी भइ सकेको छ ।
- २५ लाख भन्दा माथि लागत भएका आयोजनाहरु वोलपत्र माध्यमवाट कार्यान्वयन गरिएको छ ।
- समपुरक र वडा नगर साझेदारी कार्यक्रमको बोलपत्र सम्बन्धी कार्य सम्पन्न गरी आयोजना शुरुवात गरिएको छ ।
- वर्षातका कारणले अवरुद्ध भएको मुख्य सडक तथा शाखा सडकहरु नगरपालिकाको व्याकहो लोडर तत्कालै प्रोयोग गरी खुलाउने कार्य गरिएको छ ।
- वर्षातका कारणले अवरुद्ध सडकहरु संघ र प्रदेश सरकारसँग र अन्य स्थानीय तहरुको वीचमा समन्वय गरी द्रुत गतिमा खुलाउन जोड दिएको र अपेक्षित सफलता पनि मिलेको छ ।
- वर्षातका कारणले क्षत-विक्षत भएका सडक तथा नगर बासीको घर-पेटि आँगन, खेत वारीमा पहिरो गएको हकमा तत्काल नगरपालिका मार्फत त्रिपाल, ग्याबिन जाली, खानेपानी पाइप, पानी तान्ने मेशिनको व्यवस्थापन गरिएको छ ।
- फोहोर मैला प्रशोधन केन्द्र स्थापनाको DPR निर्माण र प्रारम्भिक वातावरणीय परीक्षणको कार्य भइरहेको छ ।
- ९ वटा वडा कार्यालय भवन वनी सकेको र २ वटा निर्माणधिन अवस्थामा रहेको ३ वटाको जग्गा व्यवस्थापन कार्य भएको । यस मध्ये वडा नं ९ को जग्गा प्राप्तीको कार्य अन्तीम अवस्थामा पुगेको र भवन निर्माणको योजना तर्जुमा प्रकृया शुरु भएको छ ।
- नगर भित्र उत्पादन र प्रशोधन भएका कृषि तथा लघु उद्य सम्वन्धी बाली वस्तुहरुको प्रदर्शनी मेला यहि २०८१ मंशिर १६ र १७ गते गर्ने तयारी भएको छ ।
- कृषि तर्फएक वडा एक उत्पादन पकेट कार्यक्रम सञ्चालन गरिएको । र दुध उत्पादक किसानहरुलाई दुध उत्पादनमा रु.२ रुपयाँ पचास पैसा अनुदान सहयोग दिइ उत्पादनमा प्रोत्साहन गरिदै आएको छ ।
- बाली र पशु विज्ञान र फुड एण्ड डेरिमा डिप्लोमा तर्फ २६ जनालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ।
- स्थानीय स्रोत साधन र सीपमा आधारित लघु उद्मी विकास र प्रवर्दनका कार्यक्रम कार्यान्वयन भएका छन् ।
- यस अवधिमा वैदेशिक रोजगारीमा जाने १८ जना श्रमिक सेवाग्राहीको पुनः श्रम स्वीकृति सम्बन्धि कार्य सम्पन्न गरिएको छ।
- स्वास्थ्य विमा कार्यक्रममा दलित महिला, एकल महिलार ख वर्गका अपाङ्गता, विपन्न नागरिकहरुलाई ५०% सहयोग उपलब्ध गराइएको छ ।
- मन्थली नगर अस्पतालमा दन्त सेवा, आँखा केन्द्र सेवा र फिजियोथेरापी सेवा एवं विमा कार्यक्रममा सुधार गरी नागरिकको आकर्षकको केन्द्रको रुपमा विकास गर्न जोड दिएको छ।
- न्यायिक समितिमा दर्ता भएका अघिल्लो आ. व. १५ वटा र चालु आ व ६ वटा गरी जम्मा २१ वटा उजुरी फर्छौट ८ वटा भएको छ ।
- कक्षा १-३ को मूल्याङ्कन प्रणालीलाई सुदृढीकरण गर्न कार्य सञ्चियका ( Portfolio) निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ। साथै शिक्षक डाइरीको व्यवस्था गरीए पछि शिक्षण सिकाइ क्रियाकलापमा थप सुधार भएको देखिएको छ ।
- २६. मन्थली मा वि मन्थलीको विज्ञान संकायमा अध्ययनरत २८ जनालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ।
- विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान कार्यलाई वस्तुनिष्ट बनाउन दरवन्दी मिलान मापदण्ड निर्माण गरी कार्यान्वयन गरिएको छ ।
- विद्यार्थिको ज्ञान र सीपलाई अझ प्रष्फुटन गराउनका लागि तुलनात्मक गार्हो लाग्ने विज्ञान र गणित विषयको १/१ दिने प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ ।