रास्वपा मन्थली नगर समितिको सभापतिमा फुलासीका खड्का, यी हुन् पदाधिकारी

| पुस १४, २०८१ आइतबार

A A A
A A A

१४ पुस, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले जिल्लाका स्थानीय तहमा समितिलाई पुनर्गठन गरेको छ । शनिवारदेखि जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाबाट समिति पुनर्गठन गर्दै युवा नेतृत्वलाई अगाडि सारेको दाबी गरेको छ । 

 

जिल्ला पार्टी सभापति रमेश रायमाझी, केन्द्रीय सदस्य तथा प्रमुख सचेतक सन्तोष परियारसहितको उपस्थितिमा भएको १४ वटा वडाको भेलाले सर्व सहमतिमा ११ सदस्यीय नगर समिति घोषणा गरिएको कार्यसमितिकी सचिव दिव्या ढुङ्गेलले रामेछाप टाइम्सलाई बताइन् ।

 

 

उनका अनुसार वडा नं १४ फुलासी पोखरीका प्रवीण खड्का सभापति चयन भएका छन् । त्यस्तै उप–सभापतिमा कृष्ण पौडेल, सचिवमा दिव्या ढुङ्गेल, सह–सचिवमा प्रचन कुमार तामाङ चयन भएका हुन् । 

 

कोषाध्यक्षमा महिला नेतृत्वलाई अगाडि सार्दै रास्वपा मन्थली नगर समितिले अनुसा खत्रीलाई जिम्मेवारी दिएको सचिव ढुङ्गेलले रामेछाप टाइम्सलाई बताइन् । मन्थली तीनलाल पार्कमा भएको भेलाबाट पदमबहादुर खत्री, भूपाल थापा, धनबहादुर बुढाथोकी, इनिस बुढाथोकी र कुमार सोडारी सदस्य बनेका छन् । 

 

नयाँ पार्टीको सङ्गठनमा लागेर देश बदल्ने योजना सुनाउँदै पुराना दल नेपाली काँग्रेस र नेकपा एमालेमा रहेकाहरू नै रास्वपाको समितिमा गएका हुन् । उनीहरूले मन्थलीको भाग्य र भविष्य बदल्ने जिकिर गरेका थिए ।