रामेछापको मन्थलीमा टिफरबाट खस्दा सहचालक बस्नेतको ज्यान गयो

| पुस १४, २०८१ आइतबार

मृतक बस्नेत ।
A A A
A A A

१४ पुस, रामेछाप । रामेछापको मन्थलीमा टिफरबाट खसेर सहचालकको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ भैशेसुर लक्ष्मी आयल स्टोर परिसरमा तेल हाल्न टिफरको सामान मिलाउने क्रममा खस्दा सहचालक अन्दाजी ३५ वर्षीय नारायण बस्नेतको ज्यान गएको हो । 

 

उनी मन्थली नगरपालिका–४ सालु अर्चले निवासी रहेका छन् । मन्थली बालुवा प्रशोधन केन्द्रको प्रदेश नं ३०१००३ क ५७६४ नम्बरको टिफर बालुवा लिएर रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरबाट मन्थली–४ सालु तर्फ जाँदै गर्दा टिफरको ढालाबाट खस्दा गम्भीर घाइते बस्नेतलाई उपचारको क्रममा मन्थली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

उक्त दुर्घटना आइतबार दिउँसो करिब १ : ३० बजे भएको र बस्नेतको उपचारको क्रममा २ : १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । 

 

मृतक बस्नेतको शव मन्थली अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न टिफर र टिफर चालक मन्थली नगरपालिका–५ सुनारपानीका ३४ वर्षीय कुमार कार्की प्रहरी नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता न्यौपानेले बताएका हुन् ।