चिसापानी कृषि सहकारीले गर्‍यो सार्वजनिक सुनुवाइ (भिडिओसहित)

| पुस १६, २०८१ मंगलबार

A A A
A A A

१६ पुस, रामेछाप ।  मन्थली नगरपालिका वडा नं –८ चिसापानीमा संचालित चिसापानी कृषि सहकारी संस्थाले सोमबार सार्वजनिक सुनुवाइ गरेको छ । 

 

२०० जना सदस्य रहेको उक्त सहकारीले वडा अध्यक्ष गोपाल श्रेष्ठसहित कूल २४ जनाको उपस्थितिमा आगामी योजना र लक्ष्य बारे जानकारी गराउँदै सार्वजनिक सुनुवाइ गरेको हो । 

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक करिडोर कार्यालय पाख्रिबास धनकुटाको ४० लाख आर्थिक सहयोग र सहकारीको ५० लागत साझेदारीमा परियोजना संचालन गर्न लागेको सहकारीका कोषाध्यक्ष समिल कर्माचार्यले बताए । त्यसको लागि आवश्यक कार्यक्रम लागतसहित योजना तयार भइसकेको उनको भनाई छ । 

 

केही वर्ष यता संचालित कृषि सहकारीले गाउँमै किसान एवं स्थानीयहरूलाई आर्थिक टेवा पुर्‍याउने उद्देश्यका साथ काम गर्दै आएको बताउँदै आगामी दिनमा पशु पालक किसानहरूको हितमा काम गर्ने योजना तयार भएको बताए । 

 

सहकारीले वडा हाल ४५ जना कृषिकहरुको दैनिक दूधसंकलन गरी बिक्री गर्दै आएको छ ।