नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापले पायो पूर्णता

| पुस १७, २०८१ बुधबार

अध्यक्ष पुष्कर पौडेल ।
A A A
A A A

१७ पुस, रामेछाप । नेपाली काँग्रेसको भातृ नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति रामेछापले मंगलबार पूर्णता पाएको छ । 

 

मंगलबार काँग्रेसले मनाउँदै आएको ‘राष्ट्रिय मेलमिलाप दिवस’,  १०० दिने पार्टीको अभियान सुभारम्व भेलाको अवसर पारी पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले लिखु तामाकोशी गाउँपालिका–२ सैपुका पुष्कर पौडेलको नेतृत्वको समितिलाई पूर्णता दिएका हुन् । समितिको एक उपाध्यक्ष र कोषाध्यक्ष भने टुङ्गो लाग्न बाँकी रहेको बुझिएको छ । 

 

पौडेलको अध्यक्षतामा केन्द्रीय सदस्य मदन आमत्यसहितको उपस्थितिमा उपाध्यक्षमा रामेछाप–४ हिमगंगाका सुशील तामाङ, सचिवमा मन्थली–३ कठजोरका सन्तोष खत्री, सह–सचिवमा मन्थली–८ का अनिल कर्माचार्यलाई मनोनीत गरिएको जानकारी दिइएको छ । 

 

१८ सदस्यीय कार्यसमितिमा सुदिप थापा मगर, भोज कुमार सुनुवार, एल्सन श्रेष्ठ, कमल तिमलसेना, धावा लामा, निरोज मगर, शेरबहादुर मगर, हिरा दाहाल (गौतम), निर्मल केसी, हिमाल केसी, सरोज थापा मगर, प्रज्वल खड्का, कुमार दर्जी र आशिष् कार्की सदस्यमा चयन भएको संघले जनाएको हो । 

 

अध्यक्ष पौडेल यस गत कार्तिक अन्तिम साता नै पार्टी सभापतिबाट अध्यक्षमा मनोनीत भएका थिए । जिल्लामा खेलकुदका गतिविधि सँगै पार्टीको संगठन बिस्तार गर्न यो समितिले विभिन्न कार्यहरू गर्न सक्ने छ । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार