मन्थलीमा संचालित बजाजको ५ दिने ‘साट–साट मेला’मा सोचेको भन्दा दुई गुणा बढी बाइक बिक्री
१७ पुस, रामेछाप । गएको पुस १० गतेदेखि जिल्ला सदरमुकाम मन्थलीमा सुरु भएको ५ दिने ‘बजाज’ को साट–साट मेलामा अनपेक्षित मोटरसाइकल खरिद बिक्री भएको छ ।
बजाजको आधिकारिक विक्रेता स्टार अटो प्रा.ली.नयाँ बजार काठमाण्डौंले बुधवारदेखि सुरु गरेको ‘अफर मेला’ मा एक सय ४ वटा बिक्री भएको बजार स्वरुम संचालन गर्न लागेका देव कैलाश श्रेष्ठले बताए ।
उनका अनुसार १०४ वट १५०, २२० देखि ४ सय सिसी सम्मका बजाजका मोटरसाइकल बिक्री भएका हुन् । ‘१०४ वटा बिक्री भयो । १४ वटा बुकिङ भएको छ ।’
केही वर्ष यता मन्थलीमा बजाजको आधिकारिक स्वरुम नभएको कारण खरिद बिक्री रोकिएको थियो । ‘यो रेकर्ड आसपासका जिल्लाहरू, चरिकोट, सिन्धुपाल्चोक, रसुवा, सिन्धुली लगायतका जिल्लाको भन्दा दोब्बरले बढी कारोबार हो’ आफूहरूले सोचेको भन्दा दुई गुणा माग भएको बताउँदै साटा–साटले यहाँका ग्राहकले राम्रो फाइदा लिएको दाबी गरे ।
बेला–बेलामा हुने यस्ता अफरहरूले निकै राम्रो कारोबार हुने तर्क गर्दै आउँदो नेपाली नयाँ वर्षमा पनि ‘साट–साट’ मेला आयोजना गर्न बजाजले स्वीकृति दिएको जानकारी गराए ।