१० जना कृषकलाई नगदसहित सम्मान गर्दै सकियो मन्थली नगरपालिकाको दुई दिने कृषि प्रदर्शनी मेला
१९ पुस, रामेछाप । मन्थली नगरपालिकाले संचालन गरेको दुई दिने ‘कृषि तथा लघु उद्यम प्रदर्शनी मेला १० जना ‘उत्कृष्ट कृषक’हरूलाई नगदसहित सम्मान गर्दै सकिएको छ । जिल्ला समन्वय समितिको पछाडि ५३ वटा स्टलहरूबाट नगरका १४ वटा वडामा उत्पादन भएको कृषि उपज, हाते होजियारीका सामाग्रीहरू, खसी–बोका, बाख्रासहितको खरिद बिक्री एवं प्रदर्शनी सहभागी मध्ये उत्कृष्टलाई नगद ५ हजार २५ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गर्दै सकिएको हो ।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रदेश सांसदद्वय तारानारायण श्रेष्ठ र आनन्द कुमार श्रेष्ठसहित (समन्वय) प्रमुख चिना खड्का (कार्की) लगायतको उपस्थितिमा उद्घाटन गरेको दुई दिने कृषि मेलामा प्रदर्शनीमा १४ वटा वडाबाट कृषकहरूले ल्याएका कृषि उपज आयोजकको छनोट समितिले निर्धारण गरेका सूचकहरूमा पारी ‘उत्कृष्ट उत्पादन गर्न सफल’ भएका गम्भीर ध्वज चौहानसहित १० जना पुरस्कृत एवं सम्मानित भएका हुन् ।
स्मार्ट हाते होजियारी उद्योग तर्फबाट वडा नं १ कि सीता श्रेष्ठ, किशोर पौडेल, युवराज श्रेष्ठ र श्यामकाजी माझी रहेका छन् । पौडेल डेरी संचालक हुन् । भने, माझी कृषि तथा पशुपालक हुन् ।
त्यस्तै, लघु उद्यमी समूहबाट वडा नं ७ कि देवकी भुजेल, वडा नं ५ बाट कागती उत्पादक भरत कार्की, वडा नं ४ बाट कृषक भीमबहादुर श्रेष्ठ, वडा नं १४ बाट चिया उत्पादक कृषक दिनेश खड्का सम्मानित एवं पुरस्कृत भएका हुन् ।
वडा नं ६ की रमा कुमारी थापालाई गेडागुडी राम्रो उत्पादन गरेको भन्दै नगरपालिकाले पुरस्कृत गरेको कृषि मेला एवं प्रदर्शनीका संयोजक वडा नं १३ का अध्यक्ष नवराज थापा मगरले उद्घोष गरे । उनीहरूलाई ऊर्जा, राज्य मन्त्री तामाङले नगर प्रमुख लव श्रेष्ठ, संसदद्व् तारानारायण र आनन्दसहितको भव्य समापन समारोहमा हस्तान्तरण गरे ।
नगरपालिकाले करिब १२ लाख लागतमा नगरपालिकाको कृषि उत्पादनको स्वः मूल्याङ्कन गर्ने उद्देश्यले आयोजना गरेको प्रदर्शनी मेलाले किसानहरूलाई प्रोत्साहित गर्ने कार्य गरेको सरोकारवालाहरूले प्रशंसा गरेका छन् । स्थानीय सरकार बनेपछि जिल्ला कै पहिलो कृषि मेला भएको दाबी गरिएको उक्त मेलामा निजी र सरकारी तर्फबाट समेत सहयोग गरिएको नगरपालिकाको भनाई छ ।
नगरपालिका प्रमुख लव श्रेष्ठले ‘यो सात वर्षदेखि यहाँको कृषि उत्पादन कति र कस्तो अवस्थामा छ भन्ने बुझ्नको लागि मेला गरेका हौँ’ । मेलाले किसानहरूमा प्रोत्साहन जगाउने कार्य भएको तर्क गर्दै उनले भने ‘हामीले आफ्नो उत्पादन कति छ भन्ने बुझ्न र आगामी बजेट कृषि क्षेत्रलाई कुन स्थान दिने भन्ने विषयमा तथ्याङ्किय हिसाबले सजिलो भयो ।’
ऊर्जा, राज्य मन्त्री तामाङले पनि जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले थलानी गरेको मेला ६४ वटै वडालाई समेटेर गर्न सक्नु पर्नेमा जोड् दिए । आफूले जिल्लाको समग्र विकासको लागि संघ र प्रदेशबाट धेरै भन्दा धेरै बजेट् ल्याउने प्रयास गरिरहेको दाबी गर्दै कृषिबाटै समृद्धि खोज्नु पर्नेमा जोड् दिए ।