मन्थली नगरका जनप्रतिनिधिलाई जनताका प्रश्नै–प्रश्न: ‘गाउँमा सिंह मात्रै आए मेयर साप दरबार आएन’
खुट्टा नकमाउनुहोस् काम गर्न आँट् गर्नुहोस् जनता साथ दिन तयार छौँ२० पसु, रामेछाप । संविधानले परिकल्पना गरे अनुसार अहिले तिन तहको सरकार सञ्चालनमा छन् । त्यसको तल्लो तहको सरकारको रूपमा गाउँपालिका वा नगरपालिका पर्छन् । गाउँपालिका र नगरपालिका वडाहरूको रूपमा नागरिकहरू सम्म जोडिएका छन् । स्थानीयले पनि सरकारको रूपमा वडालाई अङ्गीकार गरिरहेका छन् ।
तर, आम मानिसहरूमा पछिल्लो समय वडा स्तरबाट प्रदान हुने सेवा प्रवाहलाई लिएर असन्तुष्ट मात्रै छैनन् । त्यसको विरोधमा उत्रिन थालेका छन् । राजनीतिक आस्था र मानवीय ‘नाता– सम्बन्धले’ धेरै हद सम्म त, ती कुरालाई एक आपसमा बाँधेको छ । रोकेको छ । धेरै जसो राजनीतिक आस्थाले छेकेको छ । तर, पनि मानिसहरूमा यति असन्तोष बढेको छ कि, निर्वाचित जनप्रतिनिधिसँग उनीहरूको ‘ट्रम’ मिल्न छोडेको छ ।
राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले आफ्नाहरूलाई हाता लिने र विचार, आस्था, भावना फरक भएकाहरूलाई कुनै न कुनै रूपमा सहकार्यमा छोड्दै गर्दा परिस्थित कठोर बन्दै गएको पाइन्छ । स्थानीयहरूमा पनि व्यक्तिगत इच्छ्या, चाहना र स्वार्थ बढ्दो छ । यसले उनीहरूमा आक्रोशको बीजारोपण पनि तीव्र विकास हुँदै गएको पाइन्छ।
निर्वाचित जनप्रतिनिधिहरूले जनताको माग र चाहना बमोजिम कार्यहरु गर्ने गरेको, विकास निर्माणमा आफू अनुकूल गराउने गरेको, योजनाहरू पार्ने गरेको, सेवा–सुविधा विगतको भन्दा कटौती गरेको जस्ता गुनासाले जनताहरु जनप्रतिनिधिसँग दूरी बढाउँदै गएका हुन् ।
बढ्दै गएको प्रविधिले स्थानीय सरकारले गर्ने हरेक गतिविधि बैङ्किङ प्रणाली मार्फत सञ्चालनमा जानू र मानिसहरूको भौतिक उपस्थिति बिनै अधिकांश कार्य सम्पन्न तर्फ केन्द्रित हुनुले पनि ‘जनता र जनप्रतिनिधि’ बिचको दूरी बढाउँदै लगेको पाइन्छ ।
पहिले भत्ता बुझाउन घर दैलो जाने बाध्यता बैङ्किङ प्रणाली मार्फतै सहजै लाभान्वितहरूको खातामा पुग्नु जस्ता धेरै कार्य यसका उदाहरण छन् ।
यस्तै, आक्रोश र असन्तुष्टि छरपस्ट देखियो गत शुक्रवार (१२ गते) मन्थली नगरपालिका वडा नं ७ भटौलीमा भएको नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाइमा । प्रत्येक वर्ष फरक–फरक वडाहरूमा गरिने सार्वजनिक सुनुवाइ अन्तर्गत भटौली वडा कार्यालय परिसरमा भएको सार्वजनिक सुनुवाइमा त्यहाँका अधिकांश स्थानीयहरू जनप्रतिनिधि एवं स्थानीय सरकार प्रति असन्तुष्ट र आक्रोशित देखिए ।
कृषकहरूलाई आवश्यक पर्ने विषादी, औषधि, अपाङ्गता भएकाहरूको परिचयपत्र नवीकरण–वितरणसहित नगर र वडाबाट प्रदान गर्ने सेवाहरू घुम्ती शिविर सहितको उक्त चौमासिक सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिहरूले गर्ने हरेक कार्यमा आफूहरू कुनै न कुनै रूपमा ‘छोडिनू परेको’ भन्दै गुनासो गरे । आक्रोश पोखे । प्रश्नै–प्रश्न गरे ।
जनप्रतिनिधिलाई निःशूल्क थप कक्षा संचालनको माग सहितको प्रश्न गर्दै छात्रा
विशेष गरी वडा तहलाई जोडेर निर्वाचित भएको भन्दा फरक राजनीतिक दलका वडा तहकै नेता कार्यकर्ताहरूले प्रश्न तेर्स्याइ रहे । नगरपालिका प्रमुख लव श्रेष्ठ, ७ नम्बर वडा अध्यक्ष भुवनहरि प्रसाईँ सहितका वडा अध्यक्षहरू चुपचाप सुनी रहे । खिस् हाँसेर पचाई रहे । त्यसको उनीहरूसँग विकल्प पनि थिएन ।
वडा कार्यालय मार्फत वितरण हुने बिउ–बिजन, विषादी, औषधि, खाने पानीका पाइपहरू, वडा कार्यालयका योजनाहरू जनप्रतिनिधिहरूले ‘आ–आफ्नै मान्छे’हरूलाई अनुकूल हुने गरी गर्ने गरेको भन्दै उनीहरूको असन्तुष्टि देखियो । सुनियो ।
यो प्रश्न मात्रै थिए । उनीहरूले सुनाएका आफ्ना माग थिए । अपेक्षा थिए ।
स्थानीयहरूको आक्रोश यति सम्म देखियो कि जनप्रतिनिधि विरुद्ध नाराबाजी गर्ने र कार्यक्रम नै बिथोल्न खोज्ने हद सम्म पनि उनीहरू तयार देखिन्थे । यसको अर्थ हो, उनीहरू जनप्रतिनिधिसँग अलिकति पनि सन्तुष्ट छैनन् ।
विशेष गरी त्यहाँका स्थानीय माझी समुदायका एक हुल माझीहरू आफूहरूलाई स्थानीय सरकारले गर्ने निर्णयमा समेत पन्छाउने गरेको भन्दै आक्रोशित देखिन्थे । ‘राज्यले यस्तो घिनलाग्दो निर्णय गर्यो कि हामीलाई बाहेस गर्ने गरेको छ’ स्थानीय पूर्णबहादुर माझीले आक्रोशित हुँदै भने ।
अघिल्ला मेयर भन्दा पनि तपाई कमजोर हुनु भयो ।’
त्यहाँको भटौली खोलाको ढुङ्गा, गिट्टी, बालुवा लगायतको ठेक्का लगाउनू पूर्व गरिने (ई आइए) रिपोर्ट प्रतिवेदन तयार पर्दा आफूहरूलाई थाहा सम्म नदिएर निर्णय गराउनू ‘राज्यबाटै’ पीडित पार्नू भएको उनको गुनासो थियो ।
त्यस्तै, नेपाली काँग्रेस वडा सभापति बलबहादुर तामाङले पनि जनप्रतिनिधि प्रति प्रश्नै–प्रश्न गरे । वडाले गर्ने हरेक कार्यहरूमा राजनीतिक दलहरूसँग विना सहकार्य हुने गरेको र निर्वाचित जनप्रतिनिधिले साँढे २ वर्ष सम्म पनि आशा जगाउने कुनै काम गर्न नसकेको भन्दै उनले नगरप्रमुख श्रेष्ठको ध्यानाकर्षण गराउँदै कडा टिप्पणी गरे । ‘हिम्मत देखाउनुस् मेयर साप । काम गर्नुस् । धेरै काम गर्नु पर्दैन । जनताको अपेक्षा अनुसारका काम गर्नुहोस् । तपाईँको हाइ–हाई हुन्छ । खुट्टा नकमाउनुहोस्’, व्यङ्ग्यसहित उनले भने ।
आक्रोशित हुँदै प्रश्नै प्रश्न गर्दै स्थानीय एवं नेकपा एमालेका नेता तलकबहादर खड्का
तर, जनप्रतिनिधिहरूले काम गर्न नसकेकोमा दुःख व्यक्त गरे । उनले ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने चलन भए पनि गाउँमा ‘सिंह मात्रै आए, दरबार आएन मेयर साप भन्दै प्रश्न गरे सभापति तामाङले । अघिल्ला मेयर भन्दा पनि तपाई कमजोर हुनुभयो’ उनले मुखै खोले ।
नेकपा एमालेका अध्यक्ष बाबु राजा भुजेलले पनि जनताको अपेक्षा अनुसार काम गर्न सुझाउँदै साथ दिन तयार रहेको धारणा राखे । सबैको माग र चाहना अनुसार काम हुन नसकेको उनको धारणा थियो । प्रश्न कर्ताहरुले कम्तिमा ८ देखि १० मिनेटको आक्रोशसहितको प्रश्न गरी रहे ।
त्यस्तै, स्थानीय एवं नेता तलकबहादुर खड्काले पनि जनप्रतिनिधिहरू प्रति प्रश्नै प्रश्ने गरे । विकास निर्माणमा खबरदारी देखि वडाबाट हुने विभिन्न वितरण मुखी कार्यक्रममा स्वीको समेत नपाउने गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘खै वडाबाट पाइप, विषादी, औषधि बाँड्यो भन्ने सुनिन्छ । कसलाई दियो । कहिले दियो । हामीले त कहिले थाहा पाउँदैनौ’ वडा र नगरले सहकार्य नगरेको भन्दै उनले थपे ‘निर्वाचित भएको यो अबदि सम्म देखिने गरी के गर्नू भयो ।’