नेपाली काँग्रेस रामेछापले माघ १६ गते भित्र ६४ वटै वडामा कार्यक्रम गर्ने, यी नेताहरूलाई दियो जिम्मेवारी (नामावलीसहित) ?

| पुस २०, २०८१ शनिबार

A A A
A A A

२० पुस, रामेछाप । नेपाली काँग्रेस रामेछापले माघ १६ गते अगाडि नै ६४ वटै वडामा पुगेर सांगाठानिक गतिविधि गर्ने सक्ने भएको छ । त्यसको लागि काँग्रेसले ६४ जना प्रतिनिधि समेत तोकेको छ । 

 

गत मंगलबार ४९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पार्टी केन्द्रीय सदस्य एवं १०० दिने अभियानका प्रतिनिधि मदन आमत्यसहितको उपस्थितिमा बसेको पाटीको संयुक्त बैठकले एक महिना भित्र जिल्लाका ६४ वटै वडामा पुगेर पार्टीको अपूरो संगठनलाई पूर्णता दिने, संगठन बनाउने, वृद्धवृद्धासंग भेटघाट गर्ने, पार्टीको कामको प्रचार गर्ने, सांगाठानिक गतिविधिलाई चलायमान बनाउने लगायतका जिम्मेवारीसहित वडामा नेताहरूलाई खटाइएको पार्टीका प्रवक्ता कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘पाटीको आन्तरिक संगठनलाई मजबुद् बनाउने गरी पदाधिकारी बाहेकका सबैलाई खटाइएको हो ।’

 

उनका अनुसार वडा तहमा पुग्ने नेताहरूले त्यहाँका गुनासा, समस्या, माग र पार्टीको भूमिका लगायत बुझेर जिल्ला कार्यसमिति बैठकमा ल्याउने जिम्मेवारी समेत दिइएको छ । 

 

त्यसको लागि आठ वटै पालिकामा गरिने कार्यक्रम समेत तोकिएको छ । पुस १६ देखि नै १०० दिने अभियानको सुरुवात भएको बताउँदै ‘माघ ३ गतेदेखि वडा तहमा धमाधम कार्यक्रमहरू हुन्छ ।’

आउँदो माघ १६ गते सहिद दिवस अगाडि नै अभियान सम्पन्न गर्ने गरी पूर्व सभापति, महाधिवेशन प्रतिनिधि, पूर्व जिल्ला कार्यसमिति लगायतका नेताहरूलाई अभियान अन्तर्गत वडा तहमा खटाइएको प्रवक्ता श्रेष्ठले बताए । 

 

अभियानको कार्यक्रममा केन्द्रीय सदस्य आमत्य पनि सहभागी हुने उनको भनाई छ । मैले भ्याए सम्म म जान्छु, आमत्यले भने । 

 

केही समय यता देखिएको पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र सचिव दीपक खड्काबिचको आन्तरिक विवाद पनि केन्द्रीय सदस्य आमत्यसहितको पहलमा समाधान भएको बुझिएको छ । केन्द्रीय सदस्य आमत्यको पहलमा असन्तुष्ट सचिव खड्कालाई जिम्मेवारी तोकेर पार्टीको काममा फर्काइएपछि नेपाली काँग्रेस रामेछापमा देखिएको विवाद मिलेको नेताहरू बताउँछन् । 

 

राष्ट्रिय मेलमिलाप दिवसको दिन पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा सचिव खड्काले आफ्नो जिम्मेवारीमा फर्किएपछि पार्टीको गतिविधि सहज तरिकाले अगाडि बढ्नेमा नेताहरू विश्वस्त देखिन्छ । 

 

यो हेर्नुहोस्, कुन वडामा कसलाई तोकियो जिम्मेवारी ?