भूकम्पको धक्कापछि खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको पालिका बासीलाई अपिल–‘सबैले पुराना, जीर्ण र चर्केका घरहरू भत्काउनुस्’
२२ पुस, रामेछाप । केही समय यता निरन्तर जसो भूकम्पको धक्का जान थालेपछि पूरा घरहरू भत्काएर सुरक्षित हुने खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले अपिल गरेका छन् । उनले ०७२ सालको ‘महाभूकम्प’ भूकम्पको धक्काले चर्काएका, हल्लिएका घरहरू जीर्ण अवस्थामा रहेको भन्दै त्यस्ता घरहरूमा नबस्न अपिल गरेका हुन् ।
मंगलबार बिहानै नेपाल–चीन सीमा भएर ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि सामाजिक सञ्जालमा लेख्दै जीर्ण घरहरूमा नबस्न अपिल गरेका हुन् ।
मानिसहरूले ०७२ सालको भूकम्पपछि बनेका घरहरूमा बसोबास गर्ने त कतिपयले पुरानै घरमा समेत बसोबास गरिरहेको उल्लेख गर्दै पुराना घरहरूमा नबसी त्यस्ता जीर्ण घरहरू तत्काल भत्काएर सुरक्षित हुन आग्रह गरेका छन् ।
आफू बस्ने घर ‘ढलानको’ भए पनि असुरक्षित महसुर गरिरहेको बताउँदै पालिका अध्यक्ष श्रेष्ठले पालिका भरीका पुराना, चर्केका, जीर्ण र बसोबास नगरी सामानहरू राख्न भन्दै प्रयोगमा रहेका घरहरू तत्काल भत्काएर खतरा मुक्त हुन आग्रह गरेका हुन् ।
२०७२ सालको भुकम्पछि अधिकांशले नयाँ घर बनाए पनि पुराना घरहरू जीर्ण अवस्थामै छोडेका छन् । विभिन्न प्रयोजनको लागि समेत यी घरहरू प्रयोग हुँदै आएका छन् ।
यस्ता घरहरू तत्काल भत्काउन लगाउने विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा समेत पटक–पटक कुरा उठ्दै आएको छ । ती घरहरूले ठुलो विपत्ति निम्त्याउने सक्ने जनप्रतिनिधिहरूको तर्क छ ।
उनले लेखेका छन् ।