उद्योग तथा वाणिज्य कार्यालय रामेछापका ‘हाकिमले’ बजेट न्यून रहेको भन्दै प्रतिशत मात्रै भनेपछि... (भिडिओसहित)
२३ लाख बढी राजश्व उठायो, पुँजीगत खर्च ९७ प्रतिशत२३ पुस, रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय रामेछापले गत मंसिर मसान्त सम्म ३७ वटा नयाँ उद्योग दर्ता गरेको छ । भने, २० वटा खारेज गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ का कार्यक्रमहरू भने हाल सम्म सुरु हुन नसकेको कार्यालयको भनाई छ ।
यो कार्यालयको बजेट न्यून भएको भन्दै कार्यालय प्रमुखले चालु तर्फ (कार्यालयको) २० प्रतिशत, कार्यक्रम तर्फ (चालु) १० प्रतिशत र पुँजीगत तर्फ ९७ प्रतिशत खर्च भइसकेको जानकारी गराए ।
ती उद्योग दर्ता, खारेजी लगायतका सेवा प्रवाहबाट १३ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन गरेको वाणिज्य कार्यालय रामेछापका प्रमुख प्रमोद सिंखडाले जानकारी गराएका छन् ।
गत शुक्रवार जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइमा कार्यालय प्रमुख सिंखडाले यस्तो विवरण सार्वजनिक गरेका हुन् ।
त्यस्तै, वाणिज्य तर्फ २१ वटा उद्योग दर्ता गरिएको र १४ वटा खारेज भएका छन् । जसबाट १० लाख २९ हजार राजश्व संकलन गरिएको छ । यो कार्यालयले कूल २३ लाख ८३ हजार राजश्व संकलन गरेको हो ।
जिल्लाका आठ वटा पालिका मध्ये ५ वटा पालिकाका १८९ वटा उद्योग तथा व्यापारिक फर्महरूमा गरिएको बजार अनुगमनमा कैफियत भएका तीन वटा फार्मेसीलाई १०–१० हजार जरिवाना गरिएको छ । उमाकुण्ड बाम्तिभण्डाका दुई फार्मेसीहरू केही दिन अगाडि मात्रै खोलिएको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को लागि मन्त्रालयबाट स्थान विशेष र क्षेत्र तोकेरै कार्यक्रम मन्थली नगरपालिकाको लागि–३ वटा, रामेछाप, सुनापति, उमाकुण्डमा–१–१ वटा र जिल्ला स्तरमा २ वटा कार्यक्रम आएको बताइएको छ ।
त्यस्तै उमाकुण्ड गाउँपालिका–१ को लागि तोकिएरै कार्यक्रम आएको कार्यालय प्रमुख सिंखडाले जानकारी गराए ।