प्रदेश संसद् तत्काल सुचारु गर्न सांसद श्रेष्ठको माग, भने ‘देश डुबिसक्यो’ (भिडिओसहित)

| पुस २८, २०८१ आइतबार

A A A
A A A

२८ पुस, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका नेता एवं बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले तत्काल संसद् सुचारु गर्न माग गरेका छन् । जनताको आवाज बोल्ने संसद् बन्द गरेर प्रदेश सरकारले जनहित विरोधी काम गरेको तर्क उनको छ । 

 

आइतबार जिल्ला समन्वय समितिको हलमा आयोजित प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको सरोकारवालाहरुसंको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सांसद श्रेष्ठले भने ‘छिटो भन्दा छिटो सांसद सुचारु गर्नु पर्छ, मन्त्रज्यूको ध्यानाकर्षण गराउँदछु ।’

 

संसद् बन्द गरेर सांसद्हरुले भत्ता पचाउने काम मात्रै गर्न नमिल्ने तर्क गर्दै सरकारले समाधान खोज्न जोड् दिए । 

 

उनले रामेछापमा उद्योग वाणिज्य कार्यालयको बजेट १ करोड मात्रै भएकोमा मन्त्री र मन्त्रालयको ध्यानाकर्षण गर्दै भने ‘उद्योग क्षेत्रमा ५०÷६० लाख बजेटले देशको कसरी विकास हुन्छ, यसरी देश भन्दैन । देश डुबी सक्यो । यो सरकारले डुबायो ।’

 

मिलन घिमिरे (बि क)
| पुस २८, २०८१ आइतबार