पत्रकार महासंघ रामेछापको १० बुँदे ‘चिसापानी गढी’ घोषणापत्र : ‘जिल्लाको विकास निर्माणमा खबरदारीसंगै सत्य सूचनाको प्रचार गर्न हामी सधैँ क्रियाशील छौँ’

| पुस २८, २०८१ आइतबार

A A A
A A A

२८ पुस, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले चिसापानी गढीको प्रचारप्रसारमा जोड् दिन सरोकारवालाको ध्यानाकर्षण गर्दै १० बुँदे घोषणा पत्र जारी छ । महासंघले घोषणा पत्र मार्फत पत्रकारहरू नागरिकको सूचना पाउने अधिकारको सही कार्यान्वयन गर्न तयार रहेकाले कार्यान्वयन गर्न समेत सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

 

शनिवार मन्थली नगरपालिका वडा नं ८ चिसापानीको गढीमा वनभोज आयोजना गरी सोही अवसरमा नगरका प्रवक्ता एवं सोही वडाका अध्यक्ष गोपाल श्रेष्ठसहितको उपस्थितिमा १० बुँदे घोषणा पत्र घोषणा गरेको हो । 

 

अध्यक्ष दीपक कुमार घिमिरे, पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, निवर्तमान अध्यक्ष बद्री नयाँघरे, केन्द्रीय सदस्य नवराज पथिक लगायतका पत्रकारहरूको भव्य उपस्थितिमा १० बुँदे घोषणा पत्र सार्वजनिक गर्दै घोषणा पत्रमा उल्लेखित बुँदाहरूको कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचिव नवराज श्रेष्ठले आग्रह गरे । 

 

जिल्लाको विकास निर्माणमा भइरहेको ढिला सुस्ती, दिगो विकासमा नपुर्‍याइएको ध्यान, ‘डोजारे विकास’ नीतिलाई परिवर्तन गर्दै जिल्लाका जनप्रतिनिधिहरूले आर्थिक र सामाजिक विकासलाई अगाडि बढाउनु पर्ने महासंघको घोषणा पत्रमा उल्लेख गरिएको छ । 

 

साथै, नागरिकको सूचनाको अधिकार स्थापित गराई नागरिकलाई सेवा प्रदान गर्ने निकायलाई जिम्मेवार बनाउने, सूचनाको अधिकार संरक्षण र प्रवर्धन गर्न कुनै प्रभाव र दबाबमा नपरी आवाजविहीनका आवाज उठाउन तथा सेवा प्रदायकलाई निरन्तर खबरदारी गर्न क्रियाशील पत्रकारहरू थप क्रियाशील हुन प्रतिबद्धता समेत घोषणा पत्रमा उल्लेख गरिएको छ । 

जिल्लाको विकास निर्माणको लागि आएका कतिपय बजेटहरू सही ठाउँमा प्रयोग हुन नसकेको, विकास बजेटमा डुब्लिकेसन हुने गरेको, विकास निर्माणका काममा अनियमितता हुने गरेको, निर्माण व्यवसायी मार्फत सञ्चालन भएका योजनाहरू निर्धारित समयमा सम्पन्न नभएका कारण नागरिकले सास्ती भोगेको, उपभोक्ता समिति मार्फत सञ्चालित कतिपय योजनहरूमा उपभोक्ता समितिले ठेक्कामा लगाएर बिचमा अनुचित काम हुने गरेको लगायतमा समेत घोषणा पत्रले खबरदारी गरेको छ । 

 

यो हेर्नुहोस्, १० बुँदे घोषणा पत्र ।