रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघलीले ७२ वटा यी सहकारीको सदस्यता खारेजी गर्दै : १ वर्षमा ६ लाख बढी नाफा कमायो (सूचीसहित)

| पुस २९, २०८१ सोमबार

A A A
A A A

२९ पुस, रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले निष्क्रिय रहेका ७५ वटा सहकारी संस्थाको सदस्यता खारेज गर्ने भएको छ । संघमा आबद्ध भएका तर निष्क्रिय रहेका ६ दर्जन बढी सहकारीहरूको सदस्यता खारेजीको लागि संघले प्रक्रिया अगाडि बढाएको जनाएको हो । 

 

गत शुक्रवार (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारी, (प्रोस्कुन) सञ्चालक होमबहादुर कार्की, रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेल लगायतको उपस्थितिमा सम्पन्न संघको १७ औँ वार्षिक साधारण सभामा पेस गरेको आर्थिक वर्ष २०८०/०८१ को  वार्षिक प्रतिवेदनमा जिल्लाका आठै स्थानीय तहका विभिन्न ७५ वटा सहकारी संस्थाको सदस्यता खारेजीको लागि प्रस्ताव पेस गरेको हो । 

 

आफूहरूले पटक–पटक ताकेता गरेर सक्रिय हुन गरेको आग्रहलाई समेत अटेर गरेपछि निष्क्रिय रहेका र सम्पर्कमा नआएका ती सहकारीको सदस्यता खारेज गर्न लागेको अध्यक्ष जगन्नाथ दाहालले रामेछाप टाइम्सलाई बताए । ‘हामीले नामसहित सूचना जारी गरेर सम्पर्कमा आउन भन्यौ । तर, सम्पर्कमा नआएपछि सदस्यता खारेज गर्न लागेका हौँ’ अध्यक्ष दाहालले प्रस्ट पार्दै भने ‘सहकारी नियामक निकायहरूलाई समेत भनी सकेका छौँ हामी खारेज गर्छौँ ।’

 

खारेजीको प्रक्रिया सुरु भएदेखि १/२ वटा सहकारी सम्पर्कमा आएकाले ७२ वटा सम्म खारेज हुने निश्चित जस्तै भएको अध्यक्ष दाहालको भनाई छ । 

 

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमा जिल्ला भरका १ सय ७३ वटा सहकारी संस्थाहरू आबद्ध रहेका छन् । सहकारीहरूलाई चलायमान र दक्ष बनाउँदै नियमन समेत गर्न सक्ने संघले निष्क्रिय सहकारीहरूलाई गतिशील एवं क्रियाशील बन्न जोड् दिँदै आएको छ। 

 

२०५५ सालमा स्थापना भएको  संघले गएको असार मसान्त सम्म ४ करोड ३० लाख ६५ हजार ९९१ रुपैयाँ ७८ पैसाको कारोबार बरेको छ । एक आर्थिक वर्षमा करसहित ७ लाख ८२ हजार ३१ रुपैयाँ ६० पैसा खुद नाफा कमाएको छ । 

 

हेर्नुहोस्, संघले खारेजीको लागि प्रस्ताव गरेका सहकारीको नामावली