मन्थली नगरपालिकाको हिउँदे अधिवेशनले पारित गर्यो घर बहाल करसहितका यी ९ वटा विध्येक (सूचीसहित)
२९ पुस, रामेछाप । मन्थली नगरपालिकाको हिउँदे अधिवेशनले विभिन्न नौ (९) वटा विधेकहरु पारित गरेको छ । पारित गरेका विधेयकहरू पत्रकार सम्मेलन मार्फत प्रवक्ता गोपाल श्रेष्ठले सार्वजनिक गरेका छन् ।
गएको शुक्रवार बसेको नगरपालिकाको १६ औँ नगर सभाले न्यायिक समितिको प्रतिवेदन, कर तथा गैर कर विधेयक–२०८१, आर्थिक ऐन –२०८१ संशोधन विधेयक–२०८१ (घर बहाल कर संशोधन), विनियोजन ऐन–२०८१ माथिको संशोधन विधेयक–२०८१, नगर अस्पताल व्यवस्थापन र सञ्चालन विधेयक–२०८१ पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।
सार्वजनिक रूपमा नगरका स्थानीयहरूको प्रमुख एवं प्राथमिकतामा परेको घर बहाल कर विधेयक पारित भयसँगै अब मन्थलीका घर बहाल कर लागू हुने छ ।
उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकी हेमन्त बुढाथोकीसहितको उपस्थितिमा निर्णय एवं पारित विधेकहरु सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले सार्वजनिक लेखा समिति र बेरुजु फर्छ्यौट समिति पुनर्गठन विधेयक पारित भएको घोषणा गरे ।
त्यस्तै, आगलागी नियन्त्रण र सचेतना कार्यक्रम सञ्चालनमा जोड, बालमैत्री नगर घोषणा कार्य योजना स्वीकृत र मन्थली–भुत्ते खोला– टेकानपुर–कठजोर–धोबी सडकलाई सुब्बा ‘कृष्णलाल लोक मार्ग’ नामकरण विशेष प्रस्ताव पारित गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
विस्तृतमा नगरपालिकाले गरेका निर्णय र उपलब्धिहरु बारे बुझ्न यहाँ थिच्नुहोस्