मन्थली नगरपालिकाले आगामी चैत्र २५ गते ‘बालमैत्री शासन युक्त’ नगरपालिका घोषणा गर्ने

| माघ ७, २०८१ सोमबार

A A A
A A A

७ माघ, रामेछाप । बालमैत्री नगरपालिका घोषणा गर्न लागि परेको मन्थली नगरपालिकाले आउँदो चैत्र २५ गते भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । त्यसको लागि चरणबद्ध सूचकहरू पूरा गर्ने सहितका गतिविधि धमाधम गरिरहेको नगरपालिकाले जनाएको छ । 

 

२०७९ पुस १० गतेदेखि विधिवत् रूपमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने चरणमा अगाडि बढेको यो नगरपालिकाले १४ वटै वडामा कम्प्युटर अपरेटर एवं सहजकर्ता नियुक्त गरेर आवश्यक ५१ वटा सूचक पूरा गर्न कार्यहरू गर्दै आएको छ । 

 

बितेको २ वर्षमा सो नगरपालिकाले वडा–वडा, टोल–टोलमा बाल समूह, नगर सञ्जाल, वडा सञ्जाल, किशोरी समूह, किशोरी सञ्जाल, नगर बाल अधिकार समिति, वडा बाल अधिकार समिति, बाल मैत्री स्थानीय शासन वडा समिति र नगर समिति जस्ता समितिहरू गठन गरी उनीहरूको शसक्ति करण र सक्रिय उपस्थितिमा सचेतीकरण क्षमता अभिवृद्धिका कार्यहरू सञ्चालन गर्दै आएको छ । 

यसरी तीव्र रूपमा भइरहेको कार्यहरूबाट हाल सम्म वडाहरूले ३७ देखि ४६ वटा सम्म सूचक पूरा गरेको र चाँडै शतप्रतिशत सूचकहरू पूरा गर्ने चरणमा रहेकाले आउँदो चैत्र २५ गते सम्पूर्ण नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्न चरणमा अगाडि बढेको नगरका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी गराए । ‘हामीले मध्यावधिक मूल्याङ्कन समेत गर्दा सूचकहरू थप भएका छन्’ चैत्र भित्र बालमैत्री नगर घोषणा गर्न सकिने जिकिर सहित प्रवक्ता श्रेष्ठले भने ‘सबै वडाहरूले सूचकहरू धमाधम अन्तिम चरणमा पुर्‍याएका छन् ।’

 

बालै मैत्री शासन युक्त नगर घोषणा भएमा राज्य अवलम्बन गरेको दीगो विकासको लागि टेवा पुग्ने छ । त्यसको लागि आफूहरूले एक भएर बालमैत्री शासन युक्त नगर घोषणा गर्न लागि परेको नगरका प्रमुख लव श्रेष्ठको भनाई छ ।