रामेछापको ‘कृषि प्रदर्शनी मेला’मा भोलि देखि यी कलाकार आउँदै ? कति गते को (नामावलीसहित)
१७ माघ, रामेछाप । हिजो देखि रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको रामेछाप कृषि, पर्यटन तथा औद्योगिक मेला प्रदर्शनीमा आज (बिहीबार) देखि राष्ट्रिय स्तरमा चर्चित कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुने भएको छ । त्यसको लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म चर्चित कलाकारहरूको लिस्ट समेत आयोजकले सार्वजनिक गरेको छ ।
उद्घाटन सहित ११ दिन सम्म जिल्ला समन्वय समिति रामेछापको पछाडि भइरहेको कृषि पर्दशनी मेलामा दिनभर निःशुल्क र साँझ ५ बजेपछि कलाकारहरूको प्रस्तुति हेर्नको लागि एक सय (१००) रुपैयाँको टिकट समेत पर्सि २० गतेदेखि लागू गरिने आयोजक रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ ।
आजै देखि रामेछाप घर भएका चर्चित कलाकारहरूले सांस्कृतिक प्रस्तुति रहने संघका महासचिव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज पहिलो दिन चर्चित कलाकार सरोज लामिछानेसहित रामेछापकै कल्पना सुनुवार, तीर्थ विरक्त पाख्रिन र लोकेन लामाको प्रस्तुति रहने छ । जसको लागि मेलामा प्रस्तुति दिन आउने कलाकारहरूले समेत कार्यक्रममा रमाइलो गर्न आउन सामाजिक संजाल मार्फत आह्वान गरेका छन् ।
भोलि १८ गते शुक्रवार देखि भने स्थानीय कलाकारहरूको साथमा प्रतिदिन १–१ जना ख्याति प्राप्त कलाकार आउने सूची संघको तयारीमा छ ।
जसअनुसार १८ गते प्रकाश कटुवाल, १९ गते रामकुमार नेपाली, २० गते शान्ति रानी परियार, २१ गते राजनराज शिवाकोटी, २२ गते मिलन नेवार, २३ गते ज्योति मगर, २४ गते दुर्गेश थापा, २५ गते एलिना चौहान र अन्तिम दिन रचना रिमालको साङ्गीतिक एवं सांस्कृतिक प्रस्तुति रहने संघका सदस्य राजु श्रेष्ठ (विजय) ले रामेछाप टाइम्सलाई जानकारी दिए ।
२५ लाख लागतमा संघले यो वर्ष ११ दिन सम्म समन्वयको पछाडि जिल्ला भित्र उत्पादित कृषि, औद्योगिक सामाग्रीको प्रचारप्रसार सँगै खरिद बिक्री गर्ने उद्देश्यले मेला आयोजना गरेको छ ।
मेलामा स्थानीय तहबाट सहभागी कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । भने, उनीहरूलाई खाना समेत व्यवस्था गरिएको छ ।