शिक्षक संघमा आबद्ध शिक्षकहरूलाई वडा अध्यक्ष पौडेलले दिए यस्तो ‘बलियो’ ढाडस, हाकिमलाई चुनौती (भिडिओसहित)

| माघ १९, २०८१ शनिबार

A A A
A A A

१९ माघ, रामेछाप । मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) ले नेपाली काँग्रेस पार्टीको शुभेच्छुक नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरूलाई ‘खुलेर शिक्षक संघ हुँ’ भन्न ढाडस दिएका छन् । शिक्षक संघमा आबद्ध भए बापत कुनै पनि शिक्षकले अन्याय भोग्नन नपर्ने जिकिर गर्दै पीडामा परे संरक्षण गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत दोहोर्‍याए । 

 

शनिवार मन्थली माविमा संघको नगर कार्यसमितिले आयोजना गरेको पाँचौँ स्थानीय प्रतिनिधि सभा तथा एसइईमा धेरै जिपिए ल्याएर विद्यार्थी उर्तिर्ण गराउन सफल शिक्षक सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले भने ‘तपाईँहरू शिक्षक संघमा लागे बापत कुनै समस्यामा पर्नु हुन्न । लागेका साथीहरू खुलेर लाग्नुस्’ शिक्षक संघमा लागे बापत मन्थली नगरपालिकाले समेत सरुवा, बढुवा लगायतमा अवरोध गरे त्यसको प्रतिवाद गर्न आफूहरू रहेको जिकिर गर्दै नगरका शिक्षा शाखा प्रमुख विष्णु अधिकारीको ध्यानाकर्षण गराउँदै चुनौती दिए ‘यदि त्यस्तो विभेद गरेको थाहा पाएमा कर्मचारीले पनि झोली तुम्बि कसे हुन्छ ।’

 

शिक्षकको काम पढाउने सँगै विद्यार्थीहरूको रुचि र चाहनालाई बुझेर अगाडि बुझ्ने बढ्ने रहेको उनको सुझाव छ । आफूहरू निर्वाचित भएर आएदेखि शिक्षा सुधारलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको दाबी गर्दै सबैले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न लाग्नु पर्नेमा जोड् दिए । 

 

सो अवसरमा संघले नगर भित्रका सरकारी तथा निजी विद्यालयमा पठनपाठन गराउने १६ जना शिक्षकहरूलाई २०८० सालको एस.इ. ई. मा धेरै विद्यार्थी विषयगत रूपमा उत्तीर्ण गराउन सफल शिक्षकलाई सम्मान पत्रसहित सम्मान गरेको थियो ।