मध्य राति तामाकोशीमा करेन्ट लगाएर माछा मार्न गएका मन्थलीका एक युवाको ज्यान गयो, ५ जना प्रहरीको ‘निगरानीमा’

| माघ २१, २०८१ सोमबार

A A A
A A A

२१ माघ, रामेछाप । तामाकोशीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । सँगै गएका ५ जनालाई सोध पुच्छको लागि रामेछाप प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

गएराति १० बजेतिरको समयमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका जखनीटारका ६ जना माझी युवाहरू मध्ये २१ वर्षीय सुरेश माझीको घटनास्थलमै ज्यान गएको र अर्का एक जना करेन्ट लागेर ‘ढलेको’ बुझिएको छ । 

 

‘अँध्यारोमा लुकीछिपी माछा मार्न गएका रहेछन्, करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। उनको शव समेत कोशीमा डुबेको बुझिएको छ’ जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कौशल न्यौपानेले रामेछाप टाइम्ससंग भने ‘सँगै गएका ५ जनालाई बोलाएर सोधपुच्छ भइरहेको छ ।’

 

५ जनालाई आज (सोमबार)  बिहान प्रहरीले कार्यालयमा ल्याएर सोधपुच्छ गरेको छ । 

रामेछाप टाइम्स
| माघ १७, २०८१ बिहिबार