संविधान संशोधन गर्ने कुरा मिति तोकेर हुँदैन छलफल र आवश्यकताको आधारमा हुन्छ – इन्चार्ज भट्टराई (भिडिओसहित)

| माघ २४, २०८१ बिहिबार

A A A
A A A

२४ माघ, रामेछाप । नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले देशलाई अस्थिरता तर्फ धकेल्ने शक्तिहरू कमजोर बन्दै गएको दाबी गरेका छन् । दुई ठुला पार्टी नेपाली काँग्रेस र नेकपा (एमाले) बिचको समाजदारी थप बलियो बन्दा देशमा स्थायित्व कायम हुने बाटोमा अगाडि बढेको उनको भनाई छ । नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधन गरेरै छाड्ने जिकिर गर्दै ६÷७ महिनामा भएन भनेर प्रश्न गर्नु गलत हुने उनको तर्क छ । 

 

बिहीबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै इन्चार्ज डा.भट्टराईले भने ‘हिजो सहकार्य गर्दा के–के हुन्छ होला भन्ने संशय थियो । तर, अब त्यो अन्त्य हुँदै दुई पार्टीबिचको सम्बन्ध थप दरिलो र मुजबद्ध बन्दै गएको छ’ । 

 

दुई ठुला पार्टीहरू देशलाई अप्ठ्यारो परिस्थितिमा सधैँ एक बनेको तर्क गर्दै नेता भट्टराईले काँग्रेस र नेकपा एमाले मिलेकाले धर्म, जातियताको नाममा आन्दोलन थालेर यो व्यवस्थाको विरुद्धमा लागेकाहरू अहिले कमजोर बन्दै गएको धारणा राखे । काँग्रेस र एमाले मिलेर सरकार बनाएपछि अर्थ तन्त्र सकारात्मक हुँदै गएको, राजश्व संकलन बढेको, राज्यको खर्च गर्ने गति बढेको, अर्थ तन्त्र सुधारसँगै बिदेसिने मनस्थिति बनाएकाहरू यही व्यवसायीक बाटोमा चलायमान हुँदै गएकाले सरकारको कामले सुधारको संकेत देखिएको बताए । ‘हिजो देश जाने सोच बनाएकाहरू अब काम गर्न फर्किएको अवस्था छ ।’

 

सरकारले अध्यादेश मार्फत शासकीय सुधारलाई प्राथमिकता दिँदै जन अपेक्षित ऐन, कानुन निर्माणमा लागेको बताए । लोकतन्त्रले जन अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै केही भएन भन्नु गलत हुने जिकिर गरे ।

 

देशलाई प्रविधिसँग जोड्दै (आइटी) क्षेत्रबाट आर्थिक विकासलाई जोड् दिइएको बताउँदै जारी भएका अध्यादेशहरूले समेत सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने गरी काम गर्न सक्ने विश्वास व्यक्त गरे । ‘आइटी क्षेत्रको विकास गर्‍यो भने विश्वको जुनसुकै देशको काम यही बसेर गर्न सक्ने वातावरण निर्माण गर्न धेरै माग भए बमोजिम यो सरकारले अध्यादेशको माध्यमबाटै भए पनि त्यो सुरुवात गरेको छ ।’

 

जिल्लामा पार्टी अभिमुखीकरण कार्यक्रममा आएका प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार समेत रहेका नेता भट्टराईले संविधान संशोधन दुई ठुला पार्टीको प्रमुख एजेन्डा कार्यान्वयन गराएरै छाड्ने जिकिर गरे । संविधान संशोधन चुट्किको भरमा नहुने तर्क गर्दै उनले वृहत् छलफल र सबैसँगको सहमतिमा अगाडि बढाउने बताए । ‘संविधान संशोधन गर्छौँ । तर, छोटो अवधिमै हुने कुरा हैन । व्यापक छलफल गरेर गर्छ ।’

 

संविधान संशोधन बाँकी रहेको अवधिमा गर्न नसकिए आउँदो निर्वाचनमा समेत यही एजेन्डा जनता सामुलिएर जाने उनको भनाई छ ।

 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार