रामेछापको भिरपानीमा कालिज फर्म भित्र पसेको बाघ नियन्त्रणमा

२८ माघ, रामेछाप । रामेछापको भिरपानीबाट कालिज फार्मभित्र पसेको बाघ नियन्त्रणमा लिइएको छ । सोमबार (आज) दिउँसो वडा कार्यालय नजिकै रहेको कालिज फर्म भित्र फलामे तार जाली तोडेर पसेको बाघलाई स्थानीयले देखेपछि काठमाडौँबाट आएका रेस्कियू टोलीले उद्दार गरेको हो ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार कालिज फर्म भित्र पसेर कालिजलाई आक्रमण गर्न लागेको बाघलाई रेस्कियू टोली र स्थानीयले लटाउने सुई बन्दुकबाट प्रहार गरेर घाइते बनाएर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिने क्रममा बाघ घाइते भएको छ । बाघको आँखा र शरीरका केही भागमा सामान्य चोट लागेको देखिएको छ ।
नियन्त्रणमा लिइएको बाघलाई रेस्कियू टोलीले काठमाडौँमा लगेको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा बाघ, चितुवा लगाएका जंगली जनवारहरू छ्यापछ्याप्ती देखिन थालेका छन् । भने, यसले स्थानीयमा त्रास फैलाएको छ ।